default_image

6 years ago

December 6, 2019

पीएसएल ड्राफ्टमा सन्दीप बिकेनन्

198 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ८ नेपाली खेलाडीमा बिकेनन् । पीएसएलको ड्राफ्ट सकिएको छ । जसमा कुनै पनि नेपाली खेलाडी बिक्री भएनन् ।

सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी रहेका थिए । जसको मूल्य १५ देखी ३५ हजार अमेरिकी डलर रहेको थियो ।

त्यस्तै लेग स्पिनर सन्दीप लामिछाने प्लेटिनम क्वाटगेरीमा थिए । प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउने बताइएको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । सन् २०१८ को आइपीएल पछि सन्दीप ड्राफ्ट परेर पनि नबिकेको यो पहिलो पटक हो ।

गत वर्ष सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमामा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए । तर यस पटक महँगो मूल्य राखेका सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् ।

सन्दीपको क्याटगेरीमा पहिलो राउन्डमा थियो । पहिलो राउन्डमा जोसन रोय, क्रिस लिन, मोइन अली, डेल स्टेन, कोलिन इनग्राम, एलेक्स हक्स र रिली रोसौवमाथि मूल्य लागेको थियो । सन्दीपलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । पीएसएलमा एक टोलीले सर्वाधिक ६ मात्र विदेखी खेलाडी राख्न पाउछन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किंङ्स गरि ६ फ्रेन्चाइज टोली रहेका छन् ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.