6 years ago
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो ।
नेपालको जितमा ओपनर रोमा थापा ५ र काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका १० ब्याट्सवुमेनले खाता खोल्न सकेनन् ।
यो विश्व महिला टि ट्वान्टी आईमा दोस्रो कम योगफल हो । सबैभन्दा कम योगफलमा मालीको महिला टोली रेवान्डासँग ६ रनमा अल आउट भएको थियो । त्यस खेलमा मालीका १० खेलाडीले खाता खोल्न सकेका थिएनन् ।
माल्दिभ्सले जोडेको ८ रन मध्य ७ रन अतिरिक्त पाएको थियो । स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् । यसअघि समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् ।
कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २–२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १–१ विकेट लिए । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १० विकेटलेनै पराजित भएको थियो । श्रीलंकासँग ४१ रनले पराजित भएको थियो । स्वर्णका लागि माल्दिभ्स र श्रीलंका महिला टोलीले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]