6 years ago
December 8, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । आइतबार फाइनलमा बंगलादेशले श्रीलंकालाई २ रनले हराउँदै श्रीलंकाले स्वर्ण जितेको हो ।
अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा श्रीलंकाले ४ रन बनाउन दुई विकेट गुमाएपछि रजत पदकमा चित्त बुझाउनु पर्ने भएको हो । बंगलादेशले प्रस्तुत गरेको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रन बनायो ।
श्रीलंकाकी कप्तान हर्षिता माधवीले ३३ बलमा ४ चौका सहित ३२ रनको योगदान दिइन् । त्यस्तै लिहिनी अप्सराले २८ बलमा २ चौका सहित २५ रनको योगदान दिइन् । उमिषा थिमाशिनी ७, जानदी अनली १, काभिष्का दिलहरी ४ रनमा आउट भए ।
बंगलादेशकी नहिदा अख्तर २, जहानरा आलम, सल्मा खातुन र खादिजा तुल कुर्बाले १–१ विकेट लिए । त्यस अघि पोखरा रंगाशालमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
बंगलादेशकी ओपनर मुर्सिदा खातुनले १५ बलमा ३ चौका सहित १४ रनमा आउट हुँदा अर्की ओपनर आयशा हमान २ रनमा आउट भइन् । सञ्जीदा इस्लाम १५, निगर सुल्तना २९ र फहिम खातुनले १५ रनको योगदान दिइन् ।
श्रीलंकाकी उमिषा थिमाशिनीले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् । सत्या सन्दीपनी, थारिका सेवान्डी, काभिष्का दिलहारी र मल्शा रन्तुगांले १–१ विकेट लिए । बंगलादेश र श्रीलंका दुबैसँग पराजित भएको नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य जितेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। मात्र एक खेल हारेर फाइनलमा पुगेको सुदरलाई निरिह बनाउँदै ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहितलर ह्याट्रिक सहित ३ विकेट लिंदा ट्रम्पलम्यान र शेरले पनि ३ विकेट […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]