6 years ago
December 17, 2019
पोखरा (हाम्रो खेलकुद)– नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले पोखरा पल्टनविद्ध पहिला फिल्डिङ गर्ने भएको छ । पोखरा रंगशालामा भएको टसमा कप्तान पारस खड्काले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
पोखराले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन। पहिलो खेलमा पोखराका खेलाडीले काठमाडौंविरुद्ध बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेका थिए । त्यसैले कप्तान शरद भेषावकरले त्यहि टोलीलाई बलियो चितवनविरुद्ध निरन्तरता दिएका छन् । पहिलो खेलमा बेन्चमा राखेको युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब आलम, ओपनर इशान पाण्डे, अनिल गुरुङ र अलराउन्डर कृष्ण कार्की आज पनि टोलीमा छैनन् ।
पारसले सोनु तामाङ, रामनरेश गिरी, ओपनर हरि शंकर शाह र आकश थापालाई बेन्चमा राखेका छन् । चितवनले ७ ब्याट्सम्यान र ४ प्रमुख बलरलाई मैदान उतारेको छ । चितवनले बलिङमा स्पिनरमा भुवन कार्की र बिक्रम भुषाल तथा तीब्र गतिको बलिङमा करण केसी र बिक्रम शोबलाई मैदान उतारेको छ ।
पोखराको प्लेइङ ११ – शरद भेषावकर,(कप्तान), विनोद भण्डारी (विकेटकीपर), कुशल भुर्तेल, राशिद खान, रोहित कुमार पौडेल, ललित नारायणराजवंशी, मोहम्मद आशिफ शेख, कुशल मल्ल, प्रथमेश दाके, रवि इन्दर सिंह, सर्वजीत लड्डा ।
चितवनको प्लेइङ ११ – पारस खड्का (कप्तान), भुवन कार्की, करण केसी, सुमित महर्जन, अनिल कुमार शाह (विकेटकीपर), आरिफ शेख, बिक्रम शोब, बिक्रम कुमार भुषाल, सन्नी पटेल, रोहन मुस्तफा र बाबर हायत ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]