6 years ago
December 17, 2019
पोखरा(हाम्रो खेलकुद) – हङकङका पुर्व कप्तान बाबर हायतले उत्कृष्ट अर्ध शतकीय अविजित इनिङ खेलेपछि पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।
चितवनले मंगलबार साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।
चितवनको सहज जितमा बाबर हायत ४२ बलमा ६ चौका र ४ छक्का सहित ६६ रनमा अविजित रहे । बाबरले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । त्यस्तै सन्नी पटेल १८ बलमा २ छक्का र १ चौका सहित २२ रनमा अविजित रहे ।
पाँचौ विकेटका लागि बाबर र सन्नीपले अविजित ५० रनको साझेदारी गरेका थिए । राशिद खानले पहिलो ओभरको पाँचौ बलमै ओपनर अनिल कुमार शाहलाई कट विहाइन्ड निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट शून्यमा पेभिलिएन फर्काए ।
पाँचौ ओभरको तेस्रो बलमा राशिदलेनै अर्का ओपनर रोहन मुस्तफालाई विनोदबाटै ११ रनमा क्याच आउट गराए । मुस्तफाले १४ बलमा १ छक्का प्रहार गरे । स्पिनर सर्वजीत लड्डाको सातौं ओभरको अन्तिम बलमा कप्तान पारस खड्का ४ रनमा क्याच आउट भए ।
काउकर्नरमा आशिफ शेखले पारसको क्याच लिएका थिए । नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा आरिफ शेख काउकर्नरमा भाई आशिफ शेखबाट १ रनमा क्याच हुन पगे । पोखराका लागि राशिद खान र सर्वजीत लड्डाले २-२ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा पल्टनले निर्धारित २० ओभरमा १ सय ७ रनमा अल आउट भएको थियो । कप्तान शरद भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का सहित ४५ रनको योगदान दिए । रोहन मुस्तफाको १८ औं ओभरको पाँचौ बलमा स्टेटमा ठूलो सट खेल्ने धुनमा शरद कट एण्ड बोल्ड आउटको शिकार बन्न पुगे ।
दोस्रो ओभरमै सन्नी पटेलले तेस्रो बलमा ओपनर कुशल भुर्तेललाई ५ रनमा एलबी डब्लू आउट गरे । पाँचौ ओभरको अन्तिम बलमा बिक्रम शोबले सन्नी पटेलबाट आशिफ शेखलाई १० रनमा क्याच आउट गराएका थिए ।
कप्तान पारस खड्काले ११ औं ओभरको चौंथो बलमा प्रमुख ब्याट्सम्यान भारतीय रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरेपछि पोखरा दबाबमा परेको थियो । भुवन कार्कीको १२ औं ओभरको अन्तिम बलमा विकेटकीपर विनोद भण्डारी ठूलो सटको धुनमा लङ अफमा रोहन मुस्तफाबाट ७ रनमा क्याच हुन पुगे ।
१६ औं ओभरको पाँचौ बलमा सन्नीले युवा बायाँ हाते कुशल मल्ललाई योर्कर बलमा १३ रनमा बोल्ड आउट गरेपछि पोखरा। कुशलले १२ बलमा २ छक्का प्रहार गरे । रोहित कुमार पौडेल, प्रथामेश दाके र सर्वतीज लड्डाले खातै खोल्न नसक्दा राशिद खान १० बलमा १ छक्का सहित १० रनमा क्याच आउट भए । सन्नी पटेलले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए ।
रोहन मुस्तफाले २ ओभरमा २२ रन खर्चेर २ तथा भुवन कार्कीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कप्तान पारस, तीब्र गतिका बलर करण केसी र बिक्रम शोबको नाममा १-१ विकेट रह्यो । पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो ।
पोखराले आफ्नो तेस्रो खेल विराटनगर टाइटन्ससँग बुधबार प्रतिस्पर्धा गर्ने छ । चितवनले सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्ससँग विहीबार खेल्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]