default_image

4 years ago

December 19, 2019

आईपीएल अक्सन : हेटमायर मोटो रकममा दिल्ली आइपुगे

आईपीएल अक्सन अपडेट टम करनलाई राजस्थान रोयल्सले १ करोडमा खरिद गरेको छ । इसुरु उडानालाई रोयल च्यालेन्जर्स बेंगलोरले ५० लाखमा अनुबन्ध गर्यो । विनय कुमार १ करोडमा पुन: एकपटक बिकेनन् । डेल स्टेनलाई २ करोडमा रोयल च्यालेन्जर्स बंगलोरले अनुबन्धन गरको छ । एन्ड्रयु टाई १ करोडमा राजस्थान रोयल्समा गएका छन् । ललित यादव २० लाखमा […]

64 views

0 Bookmark

आईपीएल अक्सन अपडेट

टम करनलाई राजस्थान रोयल्सले १ करोडमा खरिद गरेको छ । इसुरु उडानालाई रोयल च्यालेन्जर्स बेंगलोरले ५० लाखमा अनुबन्ध गर्यो । विनय कुमार १ करोडमा पुन: एकपटक बिकेनन् ।

डेल स्टेनलाई २ करोडमा रोयल च्यालेन्जर्स बंगलोरले अनुबन्धन गरको छ । एन्ड्रयु टाई १ करोडमा राजस्थान रोयल्समा गएका छन् । ललित यादव २० लाखमा दिल्ली क्यापिटल्समा अनुबन्धित भए । शहबाज अहमद २० लाखमा रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्नेछन् । निखिल नायक २० लाखमा कोलकाता नाइट राइडर्समा खेल्ने भएका छन् ।

दिल्लीले तुषार देशपान्डेलाई २० लाख खर्चिदै टोलीमा अनुबन्ध गरेको छ । चेन्नईले स्पिनर आर शाई किशोरलाई २० लाखमै अनुबन्ध गरेको छ । पहिलो चरणमा बोली नलागेका अष्ट्रेलियाका स्टार अलराउन्डर मार्कस स्टोइनिसलाई दिल्ली क्यापिटल्सले ४ करोड ८० लाखमा अनुबन्ध गरेको छ । मार्क उड दोस्रो पटक पनि बिक्न सकेनन् ।

पवन देशपान्डेलाई बेंगलोरले २० लाखमा अनुबन्ध गरेको छ । प्रभसिमरन सिंहलाई पञ्जावले ५५ लाख खर्चेर टोलीमा भित्र्याएको छ ।

सञ्जय यादव २० लाखमा हैदरावाद पुगेका छन् । दिल्ली क्यापिटल्सले दोस्रो चरणमा मोहित शर्मालाई ५० लाखमा अनुबन्ध गरेको छ । पहिलो चरणमा मोहितमाथि बोली लागेको थिएन । दिग्विजय दिशमुख र प्रिन्स बलवान्त रवि सिंहलाई समान २० लाखमा मुम्बईले भित्र्याएको छ ।

नाथन इल्स, केस्रिक वालिम्स, जर्ज गार्टन र विभाव आरोलाई मूल्य लागेन । अनुराधा जोशीलाई २० लाखमा राजस्थानले टोलीमा भित्र्याएको छ । तन्जिदर ढिलोनलाई पञ्जावले २० लाख रुपैयाँ खर्चेको छ । सुजित नायकमाथि बोली लागेन । अब्दुल समाद २० लाखमा हैदरावाद पुगेका छन् ।

अलराउन्डर सुमित कुमार,  युवा विकेटकीपर अर्यान जुयाल,  कुलदीप सेन,  प्रबिन ताम्बे,  जेम्श प्याटिनसन,  लियाम प्लेन्केट र युधवीर चरक अक्सनमा बिक्न सकेनन् ।

ओशन थोमस ५० लाखमा राजस्थान रोयल्स पुगेका छन् । सन अबोट र म्याट हेनरीलाई बोली लागेन । रोयल च्यालेन्जर बेंगलोरले अष्ट्रेलियाका तीब्र गतिका बलर केन रिचर्डसनलाई ४ करोड रुपैयाँ खर्चेर टोलीमा भित्र्याएको छ । किंग्स इलाभेन पञ्जावले क्रिस जोर्डनलाई ३ करोेड खर्चेर अनुबन्ध गर्यो । श्रीलंकन स्टार अलराउन्डर इसुरु उडनामाथि मूल्यनै लागेन ।

फेबिएन एलिनलाई हैदरावादले ५० लाख रुपैयाँ खर्चिएको छ । टम करणलाई अक्सनमा बोली लागेन । वेस्ट इन्डिजका अलराउन्डर जेसन होल्डरले ७५ लाख न्युनतम मूल्य राखेपनि कुनै पनि टोली अनुबन्ध गर्न तयार भएनन् ।

मोहसिन खानलाई मुम्बईले २० लाखमा अनुबन्ध गरेको छ । राहुल शुखललाई बोली लागेन । निकै चर्चामा रहेका २१ वर्षिय विकेटकीपर तथा ओपनर युवा ब्याट्सम्यान टम ब्यान्टनलाई कोलकताले १ करोडमा अनुबन्ध गरेको छ ।

विकेटकीपर निखिल नाइकलाई कुनै पनि टोलीले बोली लगाएनन् । जोशुआ फिलिप २० लाखमा रोयल च्यालेन्जर बेंगलोर पुगेका छन् । अलराउन्डर साम्स मुलानी र शवाज अहमदलाई कुनै टोलीले भित्र्याउन चाहेनन् । प्रबिन दुबेमाथि अक्सनमा बोली लागेन । क्रिस ग्रिन २० लाखमा कोलकता नाइटराइडर्स पुगेका छन् ।

सन्दीप बवानकालाई सनराइजर्स हैदरावादले २० लाख रुपैयाँ खर्चेको छ । आयुष बडोनीलाई बोली लागेन । अष्ट्रेलियाका तीब्र गतिका बलर जोश हेजलवुडलाई चेन्नई सुपर किंग्सले २ करोड रुपैयाँ खर्चेर टोलीमा भित्र्याएको छ । बायाँ हाते बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानलाई पनि बोली लागेन । एडम मिल्ने माथि पनि अक्सनमा बोली लागेन ।

एनरिज नोर्टिज, बिरेन्द्र शरन, मार्क उडअज्जारी जोशेफलाई कुनै पनि टोलीले बोली लगाएनन् । न्युजिल्यान्डका अलराउन्डर जेम्श निशम ५० लाखमा किंग्स इलाभेन पञ्जाव पुगेका छन् । ऋषि धवनमाथि बोली लागेन । बेन कटिङमाथि पनि कुनै पनि टोलीले बोली लगाउन चाहेनन् ।

एन्डिलो फेहलुकवलो र स्टार अलराउन्डर कोलिन मूनरोलाई कुनै टोलीले बोली लगाएनन् । मिचेल मार्श २ करोडमा सनराइजर्स हैदरावाद पुगेका छन् । न्युजिल्यान्डका विश्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिललाई कुनै पनि टोलीले मूल्य लगाएनन् । कार्लोस वर्थवेट पनि विकेनन् । अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस माथि पनि मूल्य लागेन ।

सौरव तिवारी ५० लाखमा मुम्मबईमा अनुबन्ध भएका छन् । मनोज तिवारी पनि विकेनन् । कोलिन इनग्राम माथि पनि मूल्य लागेन । वेष्ट इन्डिजका स्टार ओपनर इभिन लुइसलाई कुनै पनि टोलीले मूल्य लगाएनन् । डेविड मिलर ७५ लाखमा राजिस्थान रोयल्स पुगेका छन् । दिल्ली क्यापिटल्सले वेस्ट इन्डिजका युवा ब्याट्सम्यान शिमरोन हेटमायरलाई ७ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चेर टोलीमा भित्र्याएको छ ।

१५ वर्षीय अफगानी स्पिनर नुर अहमदलाई कुनै टोलीले बोली लगाएनन् । रवी विश्नोई २ करोड रुपैयाँमा पन्जाबमा पुगेका छन् । एम सिद्धार्थ २० लाख रुपैयाँमा कोलकाताबाट खेल्ने भएका छन् । इशान पोरेललाई पन्जाबले २० लाखमा खरिद गरेको छ ।

कार्तिक त्यागिलाई १ करोड ३० लाखमा राजस्थानले अनुबन्धन गरेको छ । आकाश सिंह २० लाखमा राजस्थानबाट खेल्ने भएका छन् । डानियल साम्स, पवन देशपान्डे र शाहरुख खानमाथि मूल्य लागेन । अनुज रावतलाई राजस्थान रोयल्सले ८० लाखमा अनुबन्ध गरेको छ ।

राजस्थान रोयल्सले युवा खेलाडी यशस्वी जैशवाललाई २ करोड ४० लाखमा रुपैयाँमा टोलीमा भित्र्याएको छ । १७ वर्षीय जैसवाल अक्सनमा जानुअघि नै धेरै टोलीले बोली लगाउने अनुमान गरिएको थियो । उनले घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै तहल्का मच्चाएका थिए ।

बरुण चत्रबर्तीलाई कोलकता नाइटराईडर्सले ४ करोडमा अनुबन्ध गरेको छ । यू१९ का कप्तान प्रियाम गर्गलाई सनराइजर्स हैदराबादले १ करोड ९० लाखमा अनुबन्ध गरेको छ ।

दिपक हुडालाई किंग्स इलाभेन पञ्जावले ५० लाखमा टोलीमा भित्र्याएको छ । विराट सिंहलाई सनराइजर्स हैदरावादले १ करोड ९० लाखमा अनुबन्ध गरेको छ । रोहन कादम हरप्रीत भाटियालाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् । राहुल त्रिपाठीलाई कोलकता नाइटराइडर्सले ६० लाखमा अनुबन्ध गरेको छ ।

मनजोत कलरालाई पनि कुनै टोलीले किनेनन् । एडम जम्पालाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् । हेडन वाल्शमाथि पनि मूल्य लागेन । जाहिर खानलाई किन्न कुनै टोलीले रुचि देखाएनन् ।

चेन्नइ सुपर किंग्सले पियुष चवालालाई ६ करोड ७५ लाखमा अनुबन्ध गरेको छ । इश सोधीलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।

शेल्डन कटरेललाई किंग्स इलाभेन पञ्जावले ८ करोड ५० लाखमा टोलीमा अनुबन्ध गरेको छ । टिम साउथीले १ करोड न्युनतम मूल्य राखेपनि कुनै पनि टोलीले अनुबन्ध गरेनन् । विकेटकीपर हेनरिक क्वालासेन, मुश्फिकुर रहिम, नोमन ओझा, कुशल परेरालाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।

नाथन कुल्टर नाइललाई मुम्बई इन्डियनले ८ करोडमा अनुबन्ध गरेको छ । जयदेव उनादकटलाई राजस्थान रोयलसले ३ करोडमा अनुबन्ध गरेको छ । एन्ड्रयू टाईलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।

विकेटकीपर एलेक्स केरीलाई दिल्ली क्यापिटल्सले २ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । उनले आफ्नो न्युनतम मूल्य ५० लाख राखेका थिए । डेल स्टेन पनि अक्सनमा बिकेनन् । शाई होपमाथि पनि कुनै पनि टोलीले मूल्य लगाएनन् ।

तीब्र गतिका बलर मोहित शर्मालाई पनि अक्सनमा बिकेनन् । स्टुअर्ट बिन्नीलाई कुनै पनि टोलीले अनुबन्ध गरेन । उनले ५० लाख न्युनतम मूल्य राखेका थिए ।

कोलिन डि ग्रान्डहोमले ७५ लाख मूल्य राख्दा कुनै पनि टोलीले अनुबन्ध गरेन । १ करोड मूल्य राखेका युसुफ उठानलाई पनि कुनै पनि टोलीले अनुबन्ध गरेनन् । अलराउन्डर क्रिस वोक्सलाई दिल्ली क्यापिटल्सले १ करोड ५० लाख न्युनतम मूल्यमा अनुबन्ध गरेको छ ।

अष्ट्रेलियाका विश्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेललाई किंग्स इलाभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए ।

अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स १५ करोड ५० लाखमा कोलकतामा अनुबन्ध भएका छन् । उनले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए । न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोम अनसोल्ड भएका छन् । त्यस्तै न्युनतम मूल्य १ करोड राखेका युसुप पठानलाई कुनै टोलीले लिएनन् ।

त्यस्तै चेन्नइ सुपर किंग्सले इंग्ल्यान्डका अलराउन्डर साम करनलाई ५ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । करनले आफ्नो न्युनतम मुल्य १ करोड राखेका थिए ।

दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई रोयल च्यालेन्जर बेंगलोरले १० करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ ।

आरोन फिन्चका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा चलेको थियो । न्यूनतम मुल्य १ करोड रुपैयाँ रहेको उनलाई बेंगलोरले ४ करोड ४० लाखमा खरिद गरेको हो ।

जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको हो ।

चेतेश्वर पुजाराले ५० लाख रुपैयाँ तोक्दा उनीमाथि कुनै टोलीले बोली लगाएन । हनुमा विहारीले ५० लाख रुपैयाँ न्युनतम मूल्य तोकेकोमा कुनैपनि टोलीले उनलाई अनुबन्ध गरेन ।

रोविन उथप्पा ३ करोड रुपैयाँमा राजस्थान रोयल्स अनुबन्धित भए ।

कोलकाता नाइट राइडर्सले ५ करोड २५ लाख रुपैयाँमा ओइन मोर्गनलाई अनुबन्ध गरेको छ । मोर्गनले २ करोड न्युनतम रकम तोकेकोमा लगातार बोली लागेपछि अन्त्यमा कोलकाताले बाजी मारेको हो ।

मुम्बई इन्डीयन्सले २ करोड रुपैयाँमा क्रिस लिनलाई अनुबन्ध गरेको छ । लिनले २ करोड न्युनतम मुल्य राखेकोमा मुम्बईले गरेको पहिलो बोलीमा अन्य टोलीले प्रतिस्पर्धा गरेनन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.