6 years ago
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । चितवनको लागि आरिफ शेख २० बलमा २ चौका र ४ छक्का सहित ४७ रनमा अविजित रहे । त्यस्तै सन्नी पटेल १७ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि आरिफ र सन्नीले ५ ओभरमा ७२ रनको आक्रामक साझेदारी गरेका थिए ।
आरिफले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । १८ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरीले आरिफलाई क्याच आउट गराएपनि थर्ड एम्पारले नो बल दिएपछि जीवनदान पाएका थिए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले पाँचौ ओभरको तेस्रो बलमा ओपनर रोहन मुस्तफालाई ९ रनमा एलबी डब्लू आउट गरे । सातौं ओभरको चौथो बलमा युवा स्पिनर अनिल खरेलले कप्तान पारस खड्कालाई दीपेन्द्रबाट २३ रनमा क्याच आउट गराए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । नवौं ओभरको पाँचौ बलमा हरि शंकर शाहलाई अनिल खरेललेनै अमित यादवबाट ८ रनमा क्याच आउट गराए ।
१३ औं ओभरको चौथो बलमा अमित यादवले दीपेन्द्रबाट बाबर हायतलाई ३६ रनमा क्याच आउट गराए । बाबरले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाहलाई दीपेन्द्रले अमितबाट १९ रनमा क्याच आउट गराए ।
धनगढीका युवा स्पिनर अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अमित यादवको नाममा १ विकेट रह्यो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]