6 years ago
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पारस खड्का कप्तान रहेको चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवन प्ले अफ नजिक पुगेको हो । चितवनले प्रस्तुत गरेको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन मात्र बनायो ।
पहिलो ओभरको पहिलो बलमै रोड्रिगो थोमससँग रनमा तालमेल गर्न नसक्दा शुबेन्दु पाण्डे शून्यमा रन आउटको शिकार बन्न पुगेका थिए । उनलाई सन्नी पटेलले रन आउट गरेका थिए ।
लगत्तै दोस्रो बलमा करण केसीले श्रीमन्था विजयरत्नेलाई शून्यमा एलबी डब्लू आउट गर्दै दबाबमा राखे । तेस्रो विकेटका लागि रोड्रिगो थोमस र दीपेन्द्र सिंह ऐरीले ५५ रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । आठौं ओभरको तेस्रो बलमा सन्नी पटेलले थोमसलाई २४ रनमा बोल्ड आउट गरे । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सन्दीप रजालीलाई शून्यमा क्लिन बोल्ड आउट गरे ।
एकतर्फबाट धनगढीको इनिङ उकासि रहेका कप्तान दीपेन्द्र सिंह ऐरी ठूलो सट खेल्नेक्रममा डिप स्वायर लेगमा बाबर हायतबाट क्याच आउट हुनपुगेपछि अर्ध शतक पुरा गर्न एक रनले चुकेका थिए । दीपेन्द्रले ४२ बलमा ४ चौका र २ छक्का सहित ४९ रनमा पेभिलिएन फर्के । एक रनले अर्ध शतक बनाउन चुकेका दीपेन्द्र क्याच आउट भएपछि ब्याट मैदानमा फालेका थिए ।
१६ औं ओभरको दोस्रो बलमा भुवन कार्कीले कट एण्ड बोल्ड गर्दै सन्दीप जोरालाई २१ रनमा पेभिलिएन फर्काए । जोराले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । भुवनले सौरव खनाललाई ७ रनमा बोल्ड आउट गरे । अमित यादव १७ रनमा अविजित रहे । स्पिनर भुवन कार्की ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि शुक्रबार दिउँसो पोखरा रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । चितवनको लागि आरिफ शेख २० बलमा २ चौका र ४ छक्का सहित ४७ रनमा अविजित रहे । सन्नी पटेल १७ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि आरिफ र सन्नीले ५ ओभरमा ७२ रनको आक्रामक साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याएका थिए ।
आरिफले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । १८ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरीले आरिफलाई क्याच आउट गराएपनि थर्ड एम्पारले नो बल दिएपछि जीवनदान पाएका थिए ।
दीपेन्द्रले पाँचौ ओभरको तेस्रो बलमा ओपनर रोहन मुस्तफालाई ९ रनमा एलबी डब्लू आउट गरे । सातौं ओभरको चौथो बलमा युवा स्पिनर अनिल खरेलले कप्तान पारस खड्कालाई दीपेन्द्रबाट २३ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । नवौं ओभरको पाँचौ बलमा हरि शंकर शाहलाई अनिललेनै अमित यादवबाट ८ रनमा क्याच आउट गराए ।
१३ औं ओभरको चौथो बलमा अमित यादवले दीपेन्द्रबाट बाबर हायतलाई ३६ रनमा क्याच आउट गराए । क्याच आउट गराउनु अघि बाबरले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको अन्तिम बलमा अनिल कुमार शाहलाई दीपेन्द्रले अमितबाट १९ रनमा क्याच आउट गराए । युवा स्पिनर अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अमित यादवको नाममा १ विकेट रह्यो ।
पहिलो खेलमा विराटनगरमाथि ५ रनको रोमान्चक जित हात पारेको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो । धनगढीले चौथो खेलमा बुटवल ब्लास्टर्ससँग शनिवार खेल्ने छ ।
पहिलो खेलमा चितवनले पोखरालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । चौथो खेलमा चितवनले शनिवार विराटनगर टाइटन्ससँग खेल्ने छ ।
अंक तालिका
तीनै खेलमा जित निकालेको चितवन ६ अंकका साथ शीर्ष स्थानमा कायमै छ । ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै बुटवल ब्लास्टर्स दोस्रो स्थानमा छ । ३ खेलमा २ हार र १ जित निकालेको काठमाडौं गोल्डेन्स वारियर्स २ अंक जोड्दै तेस्रो स्थानमा छ ।
२ खेलमा १ मा जित र १ खेलमा पराजित भएको विराटनगर टाइटन्स चौथो स्थानमा छ । ४ खेलमा १ मा जित र ३ खेलमा पराजित हुँदै पोखरा पल्टन पाँचौ स्थानमा छ । ३ खेलमा १ मा जित र २ मा पराजित भएको धनगढी पुछारमा रहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]