6 years ago
December 22, 2019
भूपेन्द्र जिसी, पोखरा
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटमा पछिल्लो दुई वर्ष सर्वाधिक आलोचनाको शिकार बन्न पुगे । खराब प्रर्दशन र लगातार पाई रहेको अवसर सदुपयोग गर्न नसक्नु आलोचनाको प्रमुख कारण थियो ।

ज्ञानेन्द्रले निरन्तर खराब प्रर्दशन गरि रहँदा टोेलीले सधैं उत्कृष्ट प्रर्दशनको आशामा मौका दिई रह्यो । टोलीले ज्ञानेन्द्रबाट आशा कहिल्यै मारेन । एक आध खेल बाहेक अन्यमा प्रर्दशन राम्रो गर्न सकेनन् । खराब प्रर्दशन गरि रहँदा टोलीमा निरन्तर मौका दिएको भन्दै तत्कालिन कप्तान पारस खड्का, प्रशिक्षक जगत टमटा र उमेश पटवलमाथिनै समर्थकले प्रश्न उठाएका थिए ।
आलोचना यति सम्म बढेको थियो कि ज्ञानेन्द्रलाई टोलीबाटै निकाल्नुपर्छ भन्ने सम्मका आवज सामाजिक सञ्जालमा उठेका थिए । आलोचना झनपछि झन बढ्दै थियो । ज्ञानेन्द्रले गत जुलाईमा आईसीसी टि ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध २० बलमै ५० रन जोड्दै नेपालबाट टि ट्वान्टी आईमा सर्वाधिक छिटो अर्ध शतक पुरा गर्ने कीर्तिमान कायम गरे । जुन खेलमा ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रन जोडेपछि नेपालले सहज जित पक्का गरेको थियो ।
ज्ञानेन्द्रले ४ खेलमा १ सय ३२ रन जोड्दै प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडीमा दोस्रो स्थानमा रहे । यस्ले आलोचनालाई केहि हद सम्म कम गर्यो । सिंगापुर, नेपाल र जिम्बावे त्रिकोणात्मक तथा ओमानमा भएको पाँच राष्ट्रको टि ट्वान्टी सिरिजमा ज्ञानेन्द्रले ब्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिए । यी दुई सिरिजपछि पारसले कप्तानी छाडे । ज्ञानेन्द्र कात्तिक १३ मा कप्तान बने ।

अघिल्लो महिना बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा हङकङ र भारतसँग शून्यमा आउट भएपछि ज्ञानेन्द्रको आलोचना पुन बढेको थियो । दुई साता अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ज्ञानेन्द्रले ४ खेलमा १ शतक सहित २ सय १२ रन जोड्दै उत्कृष्ट ब्याट्सम्यान चुनिए । साग लगत्तै पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स वारियर्सको कप्तानी समालेका ज्ञानेन्द्रले राम्रो प्रर्दशन गरेका छन् ।
सागमा ज्ञानेन्द्रले भुटानविरुद्ध १ सय ७ रनको अविजित शतकीय इनिङ खेलेका थिए । त्यो शतकको तीन सातापछि पीपीलमा धनगढीविरुद्ध ३७ बलमै शतक पुरा गरे । ३८ बलमा ८ चौका र ९ छक्का प्रहारगर्दै एक सय रन जाडेका थिए । मल्लले प्रहार गरेका सबै चौका र छक्का उत्कृष्ट र आत्माविश्वासी सट थिए । विराटनगर टाईटन्सविरुद्ध ३३ बलमा ३ चौका र २ छक्का सहित ४५ रन जोड्दै टोलीको जित सहज बनाए ।
काठमाडौंको कप्तानी समाली रहेका ज्ञानेन्द्र सुरुवाती ४ खेलमा १ सय ६१ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष स्थानमा छन् । स्ट्राइक रेट १ सय ७६ माथि छ । यसले ज्ञानेन्द्र लयमा फर्किएको संकेत देखाउछ । ज्ञानेन्द्रले आफुलाई आलोचना गर्ने बाटो बन्द गराएका छन् ।

ज्ञानेन्द्रले पछिल्लो एक वर्षमा नेपाली क्रिकेटमा तीन शतक प्रहार गरेका छन् । टि ट्वान्टी आईमा सागमा भुटानसँग, पीपीएलमा बुटवल ब्लास्टर्ससँग र गत जेठमा एक दिवसिय प्रधानमन्त्री कपमा प्रदेश ३ बाट सशस्त्र प्रहरी बल एपीएफ विरुद्ध १ सय १७ रनको शतक इनिङ खेलेका थिए ।
अहिले राम्रो भई रहेको र यस लयलाई निरन्तरता दिन सक्नुपर्ने ज्ञानेन्द्र बताउछन् । गत वर्षको फ्रेन्चाइज लिगमा ज्ञानेन्द्रको प्रर्दशन खराब थियो ।
ज्ञानेन्द्रले तीन साताको अन्तरमा जुन प्रर्दशन गरेका छन् यसले लयमा फर्किएको संकेत देखाउछ । साग र पीपीएलमा उत्कृष्ट प्रर्दशन गरेका ज्ञानेन्द्रले आगमी दिनमा अन्तर्राष्ट्रिय खेलमा त्यस्तै प्रर्दशनलाई निरन्तरता दिनुपर्ने चुनौती छ । यहि लयलाई ज्ञानेन्द्रले आगमी दिनमा कायम राख्न सक्नुपर्छ । अन्यथा कप्तानलेनै कमजोर प्रर्दशन गर्दा प्रश्न माथि प्रश्न उठ्ने निश्चित छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]