default_image

6 years ago

December 22, 2019

पीपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै

171 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा पारस खड्का कप्तान रहेको चितवन राइनोजले प्रदीप ऐरीको नेतृत्वमा रहेको विराटनगर टाइटन्ससँग खेल्दै छ । खेल विहान ९ बजेदेखी शुरु हुने छ । चितवन लगातार चौथो जित निकाल्दै फाइनल यात्रा बलियो बनाउन चाहन्छ । आजको खेलमा चितवन विजय भए प्ले अफमा पुग्ने पहिलो टोली बन्नेछ । तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको चितवन उपाधिको बलियो दाबेदार टोली हो । चितवनले तीनै खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेको छ ।

पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले हराएको चितवनले दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेको थियो ।

बुटवलविरुद्ध २ सय ३ रन जोड्दै चितवन पीपीएलकै सर्वाधिक रन बनाउने टोली बनेको थियो । चितवनका कप्तान पारस खड्का, रोहन मुस्तफा, सन्नी पटेल, आरिफ शेख र बाबर हायतले उत्कृष्ट ब्याटिङ गरि रहेका छन् । बलिङमा भुवन कार्की र करण केसीको प्रर्दशन त्यस्तै उत्कृष्ट छ ।

विराटनगरलाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा प्ले अफ अंक गणितीय संभावना मात्रै बाँकी रहन्छ । विराटनगरका ८ ब्याट्सम्यानले काठमाडौंविरुद्ध दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । सुनिल धमला, मोहम्मद जैद आलम र प्रदीप ऐरी चल्न नसक्नु चिन्ताको विषय हो । जैद धनगढीविरुद्ध शून्य, पोखरा पल्टनविरुद्ध २६ र काठमाडौंसँग १ रनमा आउट भएका थिए ।

पुनित मेहराले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । पुनितले पोखराविरुद्ध अविजित ६१ र काठमाडौंसँग ५३ रनको आक्रामक इनिङ खेलेका थिए । विराटनगरले आज दिलिप नाथको स्थानमा युवा खेलाडी लोकेश बमलाई मौका दिन सक्छ । विराटनगरका लागि पुनित प्रमुख खेलाडी हुन् ।

दोस्रो खेलमा धनगढी र बुटवल भिड्ने छन् । खेल १२:४५ देखी सुरु हुने छ । दुबैलाई प्ले अफ यात्रा बलियो बनाउन जित्नै पर्ने दबाब छ । पहिलो खेलमा विराटनगरलाई ५ रनले हराएको धनगढी दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित भएको थियो । चितवनसँग धनगढी ५२ रनले पराजित हुन पुगेको थियो । विदेशी खेलाडी श्रीमन्था विजयरत्ने, रोड्रिगो थोमस र अमित यादव चल्न सकि रहेका छैनन् । धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी प्रमुख हतियार हुन् ।

यता पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरा पल्टनलाई ८ विकेटले हराएको बुटवलको बलियो मनोबल छ । पोखरालाई हराउन अफ्ताव उदीन अहमदले ७५ रनको योगदान दिएका थिए । बुटवलका लागि सोमपाल कामी फिट नहुनु चिन्ताको विषय हो । पोखरा विरुद्ध सिद्धान्त लोहनीले कप्तानी गरेका थिए । आजको खेलमा पनि सोमपाल खेल्ने संभावना कम छ । बुटवलको लागि हर्ष टोन्क, अभिनास बोहोरा, अफताब उदीन सिंह र शिवम सिंह प्रमुख खेलाडी हुन् ।

अंक तालिका

चितवन राइनोज ३ खेलमा जित सहित शीर्ष स्थानमा छ । ४ खेलमा समान २ मा जित र हार सहित ४ अंक जोड्दै काठमाडौं दोस्रो स्थानमा छ । ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै वुटवल तेस्रो स्थानमा छ । ३ खेलमा २ मा हार र १ मा जित सहित विराटनगर चौथो स्थानमा छ । ४ खेलमा १ मा जित र ३ मा पराजित बेहोरेको साविक विजेता पोखरा पाँचौ स्थानमा छ । ३ खेलमा १ मा जित र २ मा हारका साथ धनगढी पुछारमा छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.