6 years ago
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलनजिक पुगेको छ । विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ ।

पोखरा रंगशालामा आइतबार जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९ औं ओभरमा अल आउट हुँदै १ सय २८ रनमा समेटियो । विराटनगरले चितवनविरुद्ध पनि सुरुवात देखि नै खराब प्रर्दशन गर्यो । विराटनगरका लागि युवा ब्याट्सम्यान लोकेश बमले ३६ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन जोडेपनि अन्य खेलाडीको साथ नपाउँदा विराटनगरको टोलीको हार टार्न सकेनन् । लोकेशलाई करण केसीले १९ औं ओभरको तेस्रो बलमा विकेटकीपर अनिल कुमार शाह बाट क्याच आउट गराएका थिए ।
दोस्रो ओभरको पहिलो बलमै सन्नी पटेलले ओपनर मोहम्मद जैद आलमलाई १ रनमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको पहिलो बलमा करण केसीले अर्का ओपनर सुनिल धमलालाई विकेटकीपर अनिल कुमार शाहबाट ५ रनमा क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा भुवन कार्कीले कप्तान प्रदीप ऐरीलाई ९ रनमा बोल्ड आउट गरे । भुवन कार्कीले नै राजु रिजाललाई १ रनमा एलबी डब्लू आउट गरे ।

आठौं ओभरको चौथो बलमा भुवनले पाकिस्तानी युवा ब्याट्सम्यान नोमन खानलाई १८ रनमा एलबी डब्लू आउट गरेपछि विराटनगर संकटमा परेको थियो । नोमनले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । नवौं ओभरको दोस्रो बलमा पुनित मेहरासँग रनमा तालमेल गर्न नसक्दा राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगेपछि विराटनगर ३७–६ को कमजोर अवस्थामा पुगेको थियो । सातौ विकेटका लागि युवा ब्याट्सम्यान लोकेश बम र पुनित मेहराले ७७ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए ।
१८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाले पुनितलाई २४ रनमा बोल्ड आउट गरेपनि जित कठिन बनेको थियो । उनले २६ बलमा २ चौका प्रहार गरे । १६ औं ओभरको अन्तिम बलमा सन्नी पटेलले लोकेश बमलाई ४० रनमा रन आउट गर्न चुकेका थिए । लोकेशले ३३ बलमा अर्ध शतक प्रहार गरेका थिए । रोहन मुस्तफाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सन्नी पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । तल्लोक्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३ चौका र ३ छक्का सहित ३९ रनमा अविजित रहे । सन्नी पटेल ८ बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । पाँचौ विकेटका लागि मात्रै १६ बलमा आरिफ र सन्नीले ५४ रनको साझेदारी गरेपछि चितवन बलियो योगफलमा पुगेको हो । १९ औं ओभरमा जितेन्द्र मुखियालाई ३ छक्का र १ चौका सहित सन्नी पटेलले कुल २७ रन बटुलेका थिए ।
सामान्य योगफलतर्फ अग्रसर चितवनलाई यी दुईको ब्याटिङले बलियो योगफलमा पुर्याएको थियो । तेस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले ओपनर रोहन मुस्तफालाई विकेटकीपर राजु रिजालबाट ७ रनमा क्याच आउट गराए । मोहम्मद जैद आलमको ११ औं ओेभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा कप्तान पारस खड्का नोमन खानबाट ३५ रनमा समातिए । पारसले ३८ बलमा ५ चौका प्रहार गरे । दोस्रो विकेटका लागि पारस र बाबर हायतले ४७ रनको साझेदारी गरेका थिए ।

१४ औं ओभरको अन्तिम बलमा पुनित मेहराले अनिल कुमार शाहलाई ३ रनमा बोल्ड आउट गरे । मध्यक्रममा दुई स्पिनर पुनित मेहरा र साहब आलमले कसिलो बलिङ गरेपछि चितवनलाई दबाबमा राखेपनि विराटनगर अन्त्यतिर चुकेको थियो । १८ औं ओभरको दोस्रो बलमा युवा तीब्र गतिका बलर किशोर महतोले बाबरलाई २५ रनमा राजुबाट क्याच गराएपछि थप दबाबमा परेको थियो । बाबरले ३१ बलमा २ चौका प्रहार गरे ।
स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चिए । पुनित मेहराले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए ।
पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले हराएको चितवनले दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रनले पराजित गरेको थियो ।

चितवनले अन्तिम खेल मंगलबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । यता विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो । विराटनगरले दोस्रो खेलमा पोखरालाई ४५ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने विराटनगर काठमाडौंसँग ३६ रनले पराजित भएको थियो । विराटनगरले अन्तिम खेल बुधबार बुटवल ब्लास्टर्ससँग खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]