6 years ago
December 23, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ११ः३० देखी पोखरा रंगशालामा सुरु हुनेछ ।

दुबै टोलीको यो लिग चरणको अन्तिम खेल हो । दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो संभावना मात्रै बाँकी छ । दुबैले समान ४ खेलमा ३ खेलमा हार र १ मा जित सहित समान २ अंकका साथ पोखरा नेट रन रेटले पाँचौ र धनगढी पुछारमा छन् ।
दुबै टोलीलाई प्ले अफमा पुग्न अप्रत्याशित फराकिलो जितको आवश्यकता पर्छ । साथै उता मंगलबार काठमाडौं गोल्डेन्स वारियर्स चितवन राइनोजसँग पराकिलो अन्तरले पराजित हुनुपर्छ । सामान्य अन्तरले पराजित भए पनि काठमाडौंको नेट रन रेट राम्रो हुँदा प्ले अफमा पुग्ने समिकरण बलियो छ ।
बुटवल ब्लास्टर्सले बुधबार विराटनगरलाई पराजित गरे अझ सहज हुनेछ । पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर लगतार हार बेहोर्न पुगेपछि साविक विजेता पोखरा प्ले अफबाटै बाहिरिने संघारमा छ । पोखरा दोस्रो खेलमा चितवनसँग ६ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा विराटनगरसँग ४५ रनले पराजित भएपछि अघिल्लो चरण निकै कठिन बनेको थियो । चौथो खेलमा बुटवल ब्लास्टर्ससँग ८ विकेटले पराजित भएपछि पोखराको अंक गणितीय संभावना मात्रै बाँकी रह्यो ।
ब्याटिङ नचल्नु पोखराको प्रमुख चिन्ताको विषय रह्यो । ओपनर आशिफ शेख, भारतीय ब्याट्सम्यान गौरव तोमर, कप्तान शरद भेषावाकर, रोहित कुमार पौडेल र विनोद भण्डारीले ठूलो इनिङ खेल्न सकिरहेका छैनन् । बुटवलविरुद्ध इशान पाण्डेलाई मैदान उतारेको पोखराले उनको स्थानमा आज आशिफ शेखलाई मौका दिने संभावना छ । चारै खेलमा बेन्चमा बसेका युवा तीब्र गतिका बलर आकाश चन्दको आजको खेलमा संभावना छ ।

यता धनगढीको लागि प्ले अफ पुग्ने समिकरण असम्भव जस्तै छ । पुछारमा रहेको धनगढीको रन रेट – २.३६४ छ । यो अवस्थामा धनगढीले अकल्पनीय फराकिलो जित निकाल्नु पर्ने हुन्छ । अन्य नतिजा पनि आफु अनुकुल आउनुपर्छ । बलियो पोखरामाथि अकल्पनिय जित कठिन छ। पहिलो खेलमा विराटनगरमाथि ५ रनको रोमान्चक जित निकाल्दै विजयी सुरुवात गरेको धनगढीले लगतार तीन खेलमा पराजित हुन पुग्यो ।
दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले पराजित हुँदा तेस्रो खेलमा चितवनसँग ५२ रनले हारेको थियो । बुटवलसँग ७ विकेटले पराजित भएपछि धनगढीको अघिल्लो चरण अंक गणितीय संभावना मात्रै बाँकी रहेको हो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।
बुटवलविरुद्ध ६१ रनको इनिङ खेलेका दीपेन्द्रले पोखराविरुद्ध ४९ बनाउनुको साथै दुई विकेट लिएका थिए । दीपेन्द्रको एक्लो प्रयास टोलीको जितको लागि प्राप्त भएन । दीपेन्द्रले आजको खेलमा पनि आफ्नो तर्फबाट हर प्रयास गर्ने छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]