6 years ago
December 23, 2019
पोखरा (हाम्रो खेलकुद) – लगातार चौथो हारसँगै शरद भेषावकर कप्तान रहेको साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणबाटै बाहिरिएको छ । सोमबार एक्स्पर्ट धनगढी ब्लुजसँग ५ विकेटले पराजित हुँदै लिग चरण बाहिरिने पोखरा पहिलो टोली बनेको हो ।

जितका लागि ८० रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले ९.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । धनगढीको जितमा दीपक पुनिया १६ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भए । दीपक आठौं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे ।
तेस्रो ओभरको तेस्रो बलमा रोड्रिगो थोमसलाई प्रथामेश दाकेले रोहित कुमार पौडेलबाट १५ रनमा क्याच आउट गराए । उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको दोस्रो बलमा दाकेलेनै कुशल भुर्तेलबाट दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा क्याच आउट गराए । दीपेन्द्रले १० बलमा ३ चौका प्रहार गरे । सुवेन्दु पाण्डे ११ रनमा क्याच आउट भए ।
नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका सन्दीप जोरालाई बाउन्ड्री लाइन नजिकै आशिफ शेखले उत्कृष्ट डाइभ हान्दै २ रनमा क्याच लिए । मञ्जित श्रेष्ठ ९ र अमित यादव ६ रनमा अविजित रहे । प्रथामेश दाके र सर्वजीत लड्डाले २–२ विकेट लिए । ललित नारायण राजवंशीको नाममा १ विकेट रह्यो ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको पोखरा १६.३ ओभरमा ७९ रनमा अल आउट भएको थियो। धनगढीको कसिलो बलिङ र चुस्त फिल्डीङसामु साविक विजेता पोखराका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । दोस्रो ओभरको दोस्रो बलमा कमलसिंह ऐरीले सागर ढकालबाट ओनपर कुशल भुर्तेललाई ६ रनमा क्याच आउट गराए ।
भारतीय तीब्र गतिका बलर दीपक पुनियाको तेस्रो ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकर हिट विकेटको रुपमा ४ रनमा आउट भए । उनले डिप स्क्वायर लेगतर्फ सट प्रहार गर्नेक्रममा ब्याट स्विङ हुँदै स्टम्पमा लागेको थियो । लगत्तै एक बल पछि पुनियाले पोखराका प्रमुख ब्याट्सम्यान रवि इन्दर सिंहलाई शून्यमा विकेटकीपर सुवेन्दु पाण्डेबाट क्याच आउट गराए ।
आठौं ओभरको पाँचौ बलमा स्पिनर अनिल खरेलले विकेटकीपर विनोद भण्डारीलाई १२ रनमा बोल्ड आउट गरे । दशौं ओभरको दोस्रो बलमा कुशल मल्ल २ रनमा रन आउट हुन पुगे । ११ औं ओभरको दोस्रो बलमा सागर ढकालले कृष्ण कार्कीलाई दीपकबाट १ रनमा क्याच आउट गराउँदा पोखरा ६८–६ को कमजोर अवस्थामा पुगेको थियो ।

यसै ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने क्रममा रोहित कुमार पौडेल उत्कृष्ट क्याचको शिकार बने । रोहितले लङ अनमा गरेको प्रहार अमित यादवले बाउन्ड्रीमा उत्कृष्ट जम्प हान्दै बचाए र आफू बाउन्ड्रीबाहिर पुग्न लाग्दा मैदानभित्र रहेका फिर्दोस अन्सारीलाई बल दिँदै शून्यमा क्याच गराएपछि पोखराबाट ठूलो योगफलको संभावना टाढिएको थियो ।
१२ औं ओभरको पाँचौ बलमा अनिल खरेलले आशिफ शेखलाई ३२ रनमा एलबीडब्लू आउट गरे । आशिफले २९ बलमा ४ चौका प्रहार गरे । युवा स्पिनर अनिल खरेलले ४ ओभरमा मात्रै १५ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । दीपक पुनियाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । कमल सिंह ऐरीको नाममा २ विकेट रह्यो ।
पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर लगतार चारै खेलमा पराजित हुँदै लिग चरणबाटै बाहिरिएको हो । दोस्रो खेलमा चितवनसँग ६ विकेट भएको थियो । तेस्रो खेलमा विराटनगरसँग ४५ रन र बुटवल ब्लास्टर्ससँग ८ विकेटले पराजित भएको थियो । गत वर्ष पोखराले चितवन राइनोजलाई हराउँदै उपाधि जितेको थियो ।
पहिलो खेलमा धनगढीले विराटनगरलाई ५ रनले हराएको थियो । दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रन र ५२ रनले पराजित भएको थियो। बुटवलसँग ७ विकेटले पराजित भएको छ । धनगढीको प्ले अफको संभावना झिनो छ । धनगढीले मंगलबार हुने चितवन र काठमाडौंबीचको खेलको नतिजा पर्खनुपर्छ । मंगलबार काठमाडौं फराकिलो अन्तरले पराजित धनगढीको अंक गणितीय संभावना रहन्छ । काठमाडौं फराकिलो अन्तरले पराजित भए बुधबारको खेलको नतिजा पनि पर्खनु पर्ने हुन्छ । जुन खेलमा विराटनगर बुटवलसँग पराजित हुनु पर्ने समिकरण छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]