6 years ago
December 24, 2019
पोखरा (हाम्रो खेलकुद) – हङकङका बाबर हायत र यूएईका अलराउन्डर रोहन मुस्तफाको अर्धशतकमा चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) अन्तगर्त लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई १ सय ६८ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । ओपनर रोहन मुस्तफा ५२ बलमा ६ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहे । रोहनले १८ औं ओभरको पहिलो बलमा वसन्त रेग्मीलाई छक्का प्रहार गर्दै ४७ बलमा अर्धशतक पुरा गरेका थिए ।
दोस्रो ओभरको चौथो बलमा स्पिनर सुसन भारीले ओपनर करण केसीलाई १ रनमा विकेटकीपर जयकिशन कोल्सावालाबाट क्याच गराए । सुरुवाती दुई रनमै ओपनर करणलाई गुमाएको चितवनलाई बाबर हायत र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १ सय १९ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।

वसन्त रेग्मीलाई १६ औं ओभरको दोस्रो बलमा लगातार छक्का प्रहार गर्ने धुनमा बाबर ७० रनमा बोल्ड भए । बाबरले ४७ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । बाबरले १५ औं ओभरको दोस्रो बलमा दिपेश भण्डारीलाई छक्का प्रहार गर्दै ४२ बलमा अर्ध शतक प्रहार गरेका थिए । तेस्रो विकेटका लागि आरिफ र रोहनबीच २९ रनको साझेदारी भएको थियो ।
आरिफ शेख ९ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए । अमर सिंह राउटेलाको १९ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा आरिफ बाउन्ड्री लाइन नजिकै गौरव तोमरबाट क्याच आउट हुन पुगे । सन्नी पटेल १५ रनमा रन आउट भए । अन्तिम ओभरको अन्तिम बलमा रन आउट हुनुअघि सन्नीले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

वसन्त रेग्मीले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ३ ओभरमा १ मेडन सहित १७ रन खर्चेर १ विकेट लिए । अमर सिंह राउटेलालो ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिन सफल रहे । भारतीय बलर दिपेश भण्डारीले ४ ओभरमा ४८ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]