6 years ago
December 24, 2019
पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज अपराजित रहँदै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन बनायो । चितवन गत वर्षको उप विजेता टोली समेत हो । पहिलो ओभरको दोस्रो बलमै करण केसीले ओपनर जयकिशन कोल्सावालालाई शून्यमा भुवन कार्कीबाट क्याच गराए । दोस्रो ओभरको चौथो बलमा सन्नी पटेलले अर्का ओपनर अमित श्रेष्ठलाई शून्यमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए ।
दुवै ओपनर शून्यमा गुमाएको काठमाडौंको लागि भारतीय ब्याट्सम्यान गौरव तोमर पनि ६ रनमै आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा सन्नीले विकेटकीपर हरि शंकर शाहबाट तोमरलाई स्टम्पिङ आउट गर्दा काठमाडौं १८–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पवन सरार्फले ४४ रनको साझेदारी गर्दै सुरुवाती दबाब कम गरेका थिए । दशौं ओभरको चौथो बलमा रामनरेश गिरीले पवनलाई २७ रनमा बोल्ड आउट गर्दै साभेदारी तोडे । पवनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

एक एण्डबाट निरन्तर विकेट गुमेपनि अर्कोतर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले रन जोड्दै आशा कायमै राखेका थिए । तर १३ औं ओभरको पाँचौ पारस खड्काबाट ४० रनमा क्याच आउट गराएपछि काठमाडौंको जितको आशा टाढिएको थियो । ज्ञानेन्द्रले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १६ औं ओभरको पाँचौ बलमा पृथु बास्कोटालाई पारस खड्काले रोहन मुस्तफाबाट १८ रनमा क्याच आउट गराए । उनले २३ बलमा २ चौका प्रहार गरे ।
रोहनले १७ औं ओभरको चौथो बलमा दिपेश भण्डारीलाई २ र वसन्त रेग्मीलाई शून्यमा आउट गरेपछि चितवनको फाइनल पक्का बनेको थियो । अमृत भट्टाई ६ रनमा अविजित रहे । चितवनका लागि करण केसीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । रोहन मुस्तफाले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चिदै २ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पारे । राम नरेश गिरी, भुवन कार्की र पारस खड्काको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि मंगलबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो। ओपनर रोहन मुस्तफा ५२ बलमा ६ चौका र १ छक्का सहित ५९ रनमा अविजित रहे । रोहनले १८ औं ओभरको पहिलो बलमा वसन्त रेग्मीलाई छक्का प्रहार गर्दै ४७ बलमा अर्धशतक पुरा गरेका थिए ।
दोस्रो ओभरको चौथो बलमा स्पिनर सुसन भारीले ओपनर करण केसीलाई १ रनमा विकेटकीपर जयकिशन कोल्सावालाबाट क्याच गराए । सुरुवाती दुई रनमै ओपनर करणलाई गुमाएको चितवनलाई बाबर हायत र रोहन मुस्तफाले दोस्रो विकेटका लागि १ सय १९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
वसन्त रेग्मीलाई १६ औं ओभरको दोस्रो बलमा लगातार छक्का प्रहार गर्ने धुनमा बाबर ७० रनमा बोल्ड भए । बाबरले ४७ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । बाबरले १५ औं ओभरको दोस्रो बलमा दिपेश भण्डारीलाई छक्का प्रहार गर्दै ४२ बलमा अर्ध शतक प्रहार गरेका थिए । आरिफ शेख ९ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए ।

अमर सिंह राउटेलाको १९ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा आरिफ बाउन्ड्री लाइन नजिकै गौरव तोमरबाट क्याच आउट हुन पुगे । सन्नी पटेल १५ रनमा रन आउट भए । अन्तिम ओभरको अन्तिम बलमा रन आउट हुनुअघि सन्नीले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
वसन्त रेग्मीले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ३ ओभरमा १ मेडन सहित १७ रन खर्चेर १ विकेट लिए । अमर सिंह राउटेलालो ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिन सफल रहे । भारतीय बलर दिपेश भण्डारीले ४ ओभरमा ४८ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।
चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेट र दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रन र चौथोमा विराटनगरलाई १८ रनले हराएको थियो । चितवन अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिको लागि चितवनले एलिमिनेटरको विजेतासँग पुष १२ मा खेल्ने छ ।

काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो खेलमा धनगढीलाई काठमाडौंले १ सय ६ रन विराटनगरलाई ३६ रनले हराएको थियो । काठमाडौंको प्ले अवको यात्रा बुधबार हुने विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीचको नतिजामा भर पर्ने छ । विराटनगरले अप्रात्याशित फराकिलो जित ननिकाले काठमाडौं प्लेअफमा पुग्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]