default_image

4 years ago

December 26, 2019

‘च्याम्पियन जस्तै खेलेका छौं’ – कप्तान प्रदीप

42 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइटन्सका कप्तान प्रदीप ऐरीले आफुहरु च्याम्पियन जस्तै खेलेको बताएका छन् । विहीबार बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएपछि कप्तान प्रदीपले पत्रकारसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीहरुले खेल राम्रो खेल्यौं । पछिल्ला दुई खेलमा हामीले च्याम्पियन जस्तै खेलेका छौं । फाइनलमा यहि लयलाई निरन्तरता दिन चाहान्छौं,’ उनले भने,’अझै पनि हामीले सुधार गर्न धेरै बाँकी छ । फिल्डिङमा कमजोर भएको छ । बलिङमा सुधार गर्न बाँकी छ, ब्याटिङ राम्रो भएको छ । फिल्डिङ र बलिङ सुधार गर्यौ भने च्याम्पियन बन्न सक्छौं ।’

प्रदीपले बुटवलविरुद्ध ब्याटिङ योजनाअनुसार चल्दा सहज भएको बताए । ‘सुुरुवातमा सुनिलले एकदमै राम्रो खेल्यो । उसले एक एण्ड सम्हाल्दै रन जोडिरह्यो । टोलीमा फिनिसर राम्रो थियौं । पछि म गएर फिनिसिङ गर्छु भन्ने सोचेको थिएँ, त्यसै गर्न सफल भयौं । पुनित साथ हुँदा पनि सहज भयो,’ उनले भने ।

‘हाम्रो टोली युवा छ, अनुभवको कमी छ । त्यसैले होला नतिजा पनि तलमाथि भइरहेको छ । फिल्डिङमा सुधार गर्न बाँकी छ । मैलै यसभन्दा अघि भनेको थिएँ, हामी च्याम्पियन बन्न र फाइनल खेल्न नै आएका हौं । खेल पिच्छे प्रदर्शन सुधारिँदै गएको छ’, उनले थपे ।

बुटवलका तीनै भारतीय खेलाडीको विकेट लिएका स्पिनर साहब आलमले आफ्नो लक्ष्य भारतीय खेलाडीलाई रोक्ने रहेकोमा सफल हुँदा जित हासिल गरेको बताए । फाइनल जित्नको लागि आफ्नो ब्याट्सम्यानहरुले राम्रो खेल्नुपर्ने बताउछन् । आलम म्यान अफ द म्याच चुनिएका थिए ।

फाइनल शनिबार हुने छ । विराटनगर क्वालिफायरमा जित दर्ता गर्दै उपाधि भिडन्तमा पुग्दा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज लिग चरणमा अपराजित हुँदै शीर्षस्थानमा रहेर फाइनलमा पुगेको थियो ।

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

Success

Thank you for your time.