5 years ago
December 27, 2019
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलको अघिल्लो दिन मैत्रीपूर्ण खेलमा पीपीएल ११ ले खेलकुद पत्रकार ११ लाई पराजित गरेको छ । शुक्रबार पीपीएल ११ ले खेलकुद पत्रकार ११ लाई १८ रनले पराजित गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार जितका लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको खेलकुद पत्रकार ११ ले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । खेलकुद पत्रकार ११ को लागि क्रिकेटिङ नेपालका आर्दश ढकालले १८, हाम्रो खेलकुदका भुपेन्द्र जिसीले १६, बुटवलरका सन्दीप पौडेलले ११, विपुल भट्टटाईले १२ र नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष दुर्गानाथ सुवेदीले ३ रन जोडे ।
पीपीएल ११ को लागि विराटनगर टाइटन्सका व्यवस्थापक विजय कुमार धिताल, शनिस र सचिन तिमल्सिनाले २–२ विकेट लिए । पूर्व महिला राष्ट्रिय टोली तथा काठमाडौं गोल्डेन्स वारियर्सका प्रशिक्षक राजु बस्नेतले १ विकेट लिए ।
पहिला ब्याटिङ थालेको पीपीएल ११ ले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । उसका पुर्व राष्ट्रिय क्रिकेट खेलाडी प्रफुल्ल वैद्यले सर्वाधिक ५२ रनको योगदान दिए । पोखरा पल्टनका प्रशिक्षक रिजन फ्रजु २२ रन र राजु बस्नेतले ६ जोडे । खेलकुद पत्रकार ११ को लागि हाम्रो खेलकुदका सुबास हुमागाईं र यू१९ महिला टोलीका प्रशिक्षक कलाम अलीले समान २-२ विकेट लिए ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]