6 years ago
January 6, 2020
सुनसरी (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान सुमित महर्जनले उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) इनरुवालाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफ ४३.४ ओभरमा अल आउट हुँदै २ सय ४ रनमा समेटियो । हुस्स र खराब मौसमले गर्दा खेल सुरुहुन केहि ढिला हुँदा ५ ओभर घटाइएको थियो ।
एपीएफका युवा ब्याट्सम्यान सुमित महर्जनले सर्वाधिक ८३ रनको योगदान दिए ।
एक तर्फबाट विकेट पतन भइ राखेपनि सुमितले अर्कोतर्फबाट रन जोड्दै एपीएफलाई बलियो योगफलामा पुर्याए । सुमितले १ सय ७ बलमा ७ चौका प्रहार गर्दै एपीएफलाई बलियो योगफलमा पुर्याए ।
अफ्जल मनसुरीको ४२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका सुमितलाई लङअनमा सुसान्त तिमिल्सिनाले उत्कृष्ट क्याच गरेपछि शतकबाट चुकेका थिए । ब्यक्तिगत ६ रनमा अफ्जल मनसुरीले क्याच छाड्दा सुमितले जीवनदान पाएका थिए । सुमितले ६५ बलमा अर्ध शतक पुरा गरेका थिए ।
पहिलो ओभरको तेस्रो बलमै ओपनर प्रज्वल शाहीलाई भुपाल लुइटेलले विकेटकीपर राकेश सोनीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फकाए । छैटौं ओभरको पाँचौ बलमा सोनु मण्डलले उत्कृष्ट आफैं क्याच लिदै विकेटकीपर प्रदीप ऐरीलाई १९ रनमा पेभिलिएन फर्काए ।
कप्तान सरोज बस्नेतले रवि रोयबाट ओपनर शंकर रानालाई १५ औं ओभरको चौथो बलमा ३६ रनमा क्याच गराए । शंकरले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सरोजलेनै १७ औं ओभरको अन्तिम बलमा पृथु बास्कोटालाई ५ रनमा बोल्ड आउट गरेपछि विभागिय टोली एपीएफ दबाबमा परेको थियो ।
२३ औं ओभरको अन्तिम बलमा सरोजले युवा ब्याट्सम्यान सन्दीप जोरालाई १२ रनमा एलबी डब्लू आउट गरे । सरोजले कप्तान वसन्त रेग्मीलाई २९ ओभरको पहिलो बलमा १२ रनमा बोल्ड आउट गरे । अमर सिंह राउटेला ९ रनमा एलबी डब्लू आउट हुन पुगे । इरशाद अहमद ३, योग्यमान कुमाल ५ र सुर्य तामाङले ३ रन जोडे ।
इनरुवा कप्तान तथा स्पिनर सरोज बस्नेतले ९ ओभरमा १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिए । अफ्जल मनसरी, भुपाल लुइटेल र सोनु मन्डलले २–२ विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]