6 years ago
January 7, 2020
सुनसरी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार आयोजक एमएमसीसी इनरुवालाई १० विकेटले हराउँदै आर्मी समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इनरुवाले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य आर्मीले ५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । आर्मीका ओपनर कुशल मल्ल १९ बलमा ५ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । त्यस्तै अर्का ओपनर हरिकृष्ण झा ११ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे ।
त्यसअघि सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको इनरुवा १९.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । इनरुवाका ५ खेलाडीले खाता खोल्न सकेनन् । दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडेका थिए ।
सुशनले पाँचौ ओभरको तेस्रो बलमा रवि रोयलाई २ रनमा एलबी डब्लू आउट गरे । लगत्तै अर्को बलमा बिवेक मेहेतालाई भारीले भिम सार्कीबाट शून्यमा आउट गरे । भिम सार्कीले एक हातले सट कभरमा उत्कृष्ट क्याच लिएका थिए ।

भारीले आठौं ओभरको दोस्रो बलमा ओपनर सुशान्त तिमिल्सिनालाई कुशल मल्लबाट १५ रनमा क्याच आउट गराए । भारीले तेस्रो बलमा अलफज मनसुरीलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे । चौथो बलमा कप्तान सरोज बस्नेतलाई शून्यमा एलबी डब्लू आउट गर्दै भारीले ह्याट्रिक पुरा गरेका थिए । अन्तिम बलमा राकेश सोनीलाई भारीले शून्यमा बोल्ड आउट गरे । भारीले समग्रमा आठौं ओभरमा ह्याट्रिक सहित ४ विकेट लिदा कुनै रन दिएनन् ।
सुरुवाती ६ विकेटनै भारीले लिएपछि आयोजक इनरुवामा सस्तैमा समेटिएको हो । ओपनर सुशान्त र रविले ५।३ ओभरमा पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । इनरुवाले २ रन जोड्न प्रमुख ६ ब्याट्सम्यान गुमाएको थियो ।
मध्यगतिका बलर हरिबहादुर चौहानले रुपेश श्रीवाष्तवलाई ६ रनमा बोल्ड आउट गरे । हरिलेनै सोनु मण्डललाई हरिकृष्ण झाबाट १३ रनमा क्याच आउट गराए । सोनुले १६ बलमा २ चौका प्रहार गरे । सुशनले अन्तिम विकेटका रुपमा भुपाल लुइटेललाई भिम सार्कीबाट शून्यमा क्याच गराउँदै ब्यक्तिगत ७ विकेट पुरा गरेका थिए । सुशन भारीले ८.३ ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ७ विकेट लिए । हरि बहादुर चौहान २ र साहब आलमले १ विकेट लिए ।
आर्मीले सेमिफाइनलमा माघ १ मा प्रदेश नम्बर ३ विरुद्ध खेल्ने छ । योसँगै समुह ए बाट सशस्त्र प्रहरी बल एपीएफ र आयोजक इनरुवा बाहिरिएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]