default_image

5 years ago

January 7, 2020

श्रीलंकामाथि भारतको सहज जित

76 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका युवा ब्याट्सम्यान श्रेयस ऐर २६ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा क्याच आउट भए ।

कप्तान विराट कोहली १७ बलमा १ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । तेस्रो विकेटका लागि कोहली र ऐरले ५१ रनको साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर लोकेश राहुलले ४५ रनको योगदान दिए । वानिन्दु हसरंगाले दशौं ओभरको पहिलो बलमा बोल्ड आउट गर्नुअघि राहुलले ३२ बलमा ६ चौका प्रहार गरे ।

त्यस्तै चोटबाट फर्किएका अर्का ओपनर शिखर धवन २९ बलमा २ चौका सहित ३२ रनमा आउट भए । धवनलाई १२ औं ओभरको दोस्रो बलमा वानिन्दुले एलबी डब्लू आउट गरे । पहिलो विकेटका राहुल र धवनले ९.१ ओभरमा ७१ रनको साझेदारी गरे । वानिन्दु हसरंगा २ र लाहिरु कुमराले १ विकेट लिए ।

त्यसअघि होल्कर क्रिकेट रंगशाला इन्डोरमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । श्रीलंकाका लागि विकेटकीपर कुशल परेराले सर्वाधिक ३४ रनको योगदान दिए । कुशललाई १४ औं ओभरको दोस्रो बलमा कुलदीप यादवले शिखर धवनबाट क्याच आउट गराउनु अघि २८ बलमा ३ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि ओपनर दनुष्का गुणाथिलका र अविष्का फर्नांडोले ४.५ ओभरमा ३८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । वाशिन्टन सुन्दरले पाँचौ ओभरको पाँचौ बलमा अविष्कालाई नवदीप सैनीबाट २२ रनमा क्याच आउट गराए । अविष्काले १६ बलमा ५ चौका प्रहार गरे । ओपनर दनुष्का गुणथिलकालाई आठौ ओभरको चौथो बलमा नवदीप सैनीले २० रनमा बोल्ड आउट गरे ।

ओशद फर्नांडो १०, भनुका राजपक्ष्य ९ र दसुन शनका ७ रनमा आउट भए । धनञ्जय डी शिल्भा १७ र वानिन्दु हसरंगाले १६ रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादव र नवदीप सैनीले २-२ विकेट लिए । जसप्रित बुमराह र वाशिन्टन सुन्दरले १-१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा तेस्रो तथा अन्तिम खेल शुक्रबार पुणेमा हुने छ ।

December 15, 2024

सन्दीपको नेपाली फ्रेन्चाइज इतिहासकै कमजोर प्रदर्शन

भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

Success

Thank you for your time.