default_image

4 years ago

January 18, 2020

लगातार २१ ओभर मेडन राख्ने नाडकर्णीको निधन

एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थिए । जसमा १४ सय १४ रन बनाउनुको साथै ८८ विकेट लिएका छन् । उनको १ सय २२ रन अविजित उत्कृष्ट प्रर्दशन छ । जुन १९६४ […]

42 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थिए ।

जसमा १४ सय १४ रन बनाउनुको साथै ८८ विकेट लिएका छन् । उनको १ सय २२ रन अविजित उत्कृष्ट प्रर्दशन छ । जुन १९६४ मा कानपुरमा इंग्ल्यान्डविरुद्ध उक्त इनिङ खेलेका थिए । सन् १९६४ मा नाडकर्णीले इंग्ल्यान्डविरुद्ध लगातार २१ ओभर मेडन राखेका थिए । उक्त खेलमा उनले ३२ ओभरमा २७ मेडन राख्दै मात्र ५ रन खर्चेका थिए ।

जुन कीर्तिमान अहिले सम्म कसैले तोड्न सकेका छैनन् । जुन कीर्तिमान आगमी दिनमा पनि तोड्न असम्भव जस्तै देखिन्छ । उनले १ सय ९१ प्रथम श्रेणी खेल खेलेका छन् । जसमा ८ हजार ८ सय ८० रन बनाएका थिए । उत्कृष्ट प्रर्दशन २ सय ८३ अविजित छ । प्रथम श्रेणीमा ५ सय विकेट लिएका छन् ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.