6 years ago
January 21, 2020
काठमाडौं ( हाम्रो खेलकुद) – एकदिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष-११ ले मलेसिया छनोट-११ लाई २ सय ९१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९० रन बनायो । नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्का सहित ५७ रनमा रिटायर्ट आउट भए ।
१२ औं ओभरको पहिलो बलमा सुनिल धमला ३३ बलमा २ चौका र १ छक्का सहित २४ रन जोडे । ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौका सहित ४८ रनमा आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए । लोकेश बम २८ बलमा ४ चौका र २ छक्का सहित ३४ रनमा आउट भए । विनोद भण्डारी २१ , पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे ।
पहिलो अभ्यास खेलमा क्यान ११ ले मलेसिया ११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]