6 years ago
January 21, 2020
भुपेन्द्र जिसी, काठमाडौं
लेग स्पिनर सन्दीप लामिछानेले छोटो समयमै विश्व क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । एसोसियट युवा स्टारको छवि बनाएका सन्दीप नेपाली क्रिकेटमा ऐतिहासिक सफलता नजिक छन् ।

अष्ट्रेलियामा जारी बिग ब्यास मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप टि ट्वान्टी क्रिकेटमा एक सय विकेटको आँकडा नजिक छन् । मेलबर्न स्टार्सले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्ने छ । जुन खेलमा सन्दीपले दुइ विकेट लिएको खण्डमा सन्दीप नेपालबाट टि ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन् । यस खेलमा २ विकेट नलिएको खण्डमा अन्य खेलको प्रर्दशन पर्खनु पर्ने हुन्छ ।
सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । अन्य खेलाडी धेरै पछि रहेका छन् ।
सन् २०१६ मा हङकङ टि ट्वान्टी ब्लिट्जबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यात्रा बढाएका सन्दीपले इन्डियन प्रिमियर लिग हुँदै बिग ब्यास लिग सम्म उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन्दीपले पारिश्रमिक र प्रर्दशन पनि उत्कृष्ट गर्दै आएका छन् । सन्दीपले इंग्ल्यान्डको टि ट्वान्टी ब्लास्ट र न्युुजिल्यान्डको सुपर स्म्यास बाहेक अन्य विश्वका सबै चर्चित लिग खेलेका छन् ।

सिनियर टोलीमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो तीन वर्षमा सन्दीप सिनियर टोलीका प्रमुख हतियार र नियमित सदस्य हुन् । २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका सन्दीपले हालसम्म ७२ टि ट्वान्टीमा १५ सय ४३ बल गर्दै १८ सय १७ रन खर्चेर ९८ विकेट लिएका छन् । जसमा ४–१० उत्कृष्ट प्रर्दशन रहेको छ । इकोनोमी रेट ७.०६ छ ।
कसरी पुग्यो ९८ विकेट ?
सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनलिस्ट रमन शिवाकोटीले दिएको जानकारी अनुसार आईसीसीअन्तर्गत टि ट्वान्टी आईको विकेट टि ट्वान्टी एसमा स्वतः जोडिन्छ । सन्दीपले खेलेका फ्रेन्चाइज लिगमा ग्लोबल टि ट्वान्टी क्यानडाको प्रर्दशन टि ट्वान्टीमा मान्यता हुँदैन । सन्दीपले ग्लोबल टि ट्वान्टी क्यानडामा दुइ संस्करणमा गरि कुल १३ विकेट लिएका थिए ।

सन्दीपले सन् २०१८ मा एसिया टि ट्वान्टी रिजन बी क्वालिफयारमा ६ खेलमा २४ विकेट लिएका थिए । उक्त प्रर्दशन पनि टि ट्वान्टी आई र एस कुनैमा पनि जोडिदैन । सन्दीपले नेपाली राष्ट्रिय टोली र आधिकारिक फ्रेन्चाइज लिग गरि कुल ९८ विकेट पुर्याएका हुन् । सन्दीपले हाल्लसम्म नेपाली राष्ट्रिय क्रिकेट टोली र फ्रेन्चाइज लिग गरि लिएका विकेटको विस्तृत विवरण निम्न प्रकार छ :
इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट
वेस्ट इन्डिज बिरुद्ध विश्व–११ (१ खेल) ( १ ओभरमा १२ रन खर्चेका सन्दीपले विकेट लिन सकेनन् )
क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट
बिग ब्यास लिग २०१८÷१९ (८ खेल) – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८÷१९ (६ खेल) – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट
आईपीएल २०१९ (६ खेल) – ८ विकेट

क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट
बिग ब्यास लिग (२०१९÷२० (सुरुवाती ११ खेल) – १४ विकेट
नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई (१८ खेल) – २८ विकेट
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]