default_image

4 years ago

January 28, 2020

फराकिलो जितसँगै इंग्ल्यान्डलाई सिरिज

एजेन्सी – दक्षिण अफ्रिकासँगको चार टेष्ट सिरिज इंग्ल्यान्डले ३-१ ले जितेको छ । चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो । इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो । उसका ओपनर ज्याक क्रली ६६, डोमिनिक सिब्ली ४४, कप्तान जो रुट ५९, जो डेनली २७, […]

22 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकासँगको चार टेष्ट सिरिज इंग्ल्यान्डले ३-१ ले जितेको छ । चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।

इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो । उसका ओपनर ज्याक क्रली ६६, डोमिनिक सिब्ली ४४, कप्तान जो रुट ५९, जो डेनली २७, ओल्ली पप ५६, क्रिस वोक्स ३२, मार्क वुड ३५ र स्टुअर्ट ब्रोडले ४३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका एनरिच नोर्टिजले ५ विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो इनिङमा ६८.३ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका विकेटकिपर क्विन्टन डि कक ७६ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका मार्क वुडले ५, बेन स्टोक्स र क्रिस वोक्सले २-२ विकेट लिए ।

पहिलो इनिङमा २ सय १७ रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो इनिङमा २ सय ४८ रनमा अल आउट हुँदै दक्षिण अफ्रिकालाई ४ सय ६६ रनको विशाल लक्ष्य दिएको थियो । दोस्रो इनिङ मा इंग्ल्यान्डका कप्तान जो रुटले ५८, डोमिनिक सिब्ली ४४ र स्याम करनले ३५ रन जोडे । दक्षिण अफ्रिकाका बेउरन हेन्ड्रिक्सले ५ विकेट लिए ।

दोस्रो इनिङमा दक्षिण अफ्रिका ७७.१ ओभरमा २ सय ७४ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । दक्षिण अफ्रिकाका रस्सी भान डर दुसेनले १ सय ३८ बलमा १५ चौका र २ छक्का सहित ९८ रनमा क्याच हुँदै शतकबाट चुके । डी ककले ३९ र कप्तान फाफ डु प्लेसिसले ३५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

इंग्ल्यान्डका मार्क वुडले ४, बेन स्टोक्स र स्टुअर्ट ब्रोडले २-२ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेलमा १ सय ८९ र तेस्रो खेलमा इंग्ल्यान्ड ५३ रनले इनिङ अन्तरले विजयी भएको थियो । बेन स्टोक्स म्यान अफ द सिरिज चुनिए ।

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

कप्तान रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा […]

Success

Thank you for your time.