default_image

6 years ago

February 10, 2020

राष्ट्रिय क्रिकेट खेलाडीले प्रतिखेल ५ हजार पाउने

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष र महिला क्रिकेट खेलाडीलाई विभिन्न ग्रेडमा राख्ने निर्णय गुर्नको साथै म्याच फि ५ हजार दिने निर्णय गरेको छ ।

क्यानको सिटि अफिस नक्सालमा सोमबार बसेको केन्द्रिय कार्यसमिती बैठकले तीन निर्णय गरेको छ । पुरुषतर्फ २४ खेलाडीलाई क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा रहने भएका छन् । जसमा ए प्लस, ए बी, सी ग्रेड हुने छन् । महिलातर्फ भने १८ खेलाडी क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा रहने छन् । जसमा ए, बी सी र ग्रेडमा रहने छन् ।

क्यानका सचिव अशोक नाथ प्याकुरेलले पुरुष २४ र महिला १८ खेलाडीको ग्रेड अनुसार खेलाडी राख्दै क्यानलाई पेश गर्न कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य अमितविर पान्डे र दुर्गाराज पाठक रहेको समिती गठन गरेको बताए । उक्त समितीले कुन खेलाडीलाई कुन ग्रेडमा राख्ने भन्ने निर्णय क्यानलाई बुझाउने छ । कुन ग्रेडका खेलाडीले कति तलब पाउने त्यो पनि समितीले क्यानलाई प्रस्ताव गर्ने छ ।

त्यस्तै केन्द्रिय कार्यसमितीले पुष १६ अर्थात जनवरी १ देखी पुरुष खेलाडीलाई हरेक ओडीआई र टि ट्वान्टी आईको म्याच फि ५ हजार दिने निर्णय गरेको छ । महिला खेलाडीलाई भने क्यानले म्याच फि तत्काल नदिने निर्णय गरेको छ । त्यस्तै क्यानले चैत्र तेस्रो हप्ता देखी काठमाडौंमा एक दिवसिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सचिव प्याकुरेलले हाम्रो खेलकुदलाई जानकारी दिए ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.