default_image

6 years ago

February 11, 2020

ओमानको मध्यम सुरुवात

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमान र अमेरिकाबीच प्रतिस्पर्धा जारी छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालि रहेको ओमानले सुरुवाती १५ ओभरमा २ विकेट गुमाउँदै ५३ रन बनाएको छ । हाल उसका नेपालविरुद्ध अविजित शतकीय इनिङ खेलेका अकीब इलियास २१ बलमा ३ चौका सहित १७ रनमा खेलि रहेका छन् । कप्तान जिशान मकसुद १३ रनमा क्रिजमा छन् ।

तीब्र गतिका बलर रस्टी थेरनको आठौं ओभरको तेस्रो बलमा ओपनर खावर अली एज लाग्दै विकेटकिपर अक्षय होमराजबाट १० रनमा क्याच आउट गराए । उनले २४ बलमा १ छक्का प्रहार गरे । अर्का ओपनर जतिन्दर सिंहलाई कप्तान सौरभ नेत्रवालकरले ९ रनमा आरोन जोन्सबाट क्याच गराए ।

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.