default_image

4 years ago

February 12, 2020

‘सिरिजबाट धेरै कुरा सिक्यौं’- कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा धेरै कुरा सिक्न पाएको बताएका छन् । बुधबार त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेपछि ज्ञानेन्द्रले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘सिरिजको अन्तिम खेल भएको हुँदा हामीले जितको साथनै अन्त्य गर्न चाहन्थ्यौं । […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

बुधबार त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेपछि ज्ञानेन्द्रले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘सिरिजको अन्तिम खेल भएको हुँदा हामीले जितको साथनै अन्त्य गर्न चाहन्थ्यौं । सन्दीप र सुशनले जसरी बलिङ गरे त्यसले आशा अनुसार भन्दा चाडैं र राम्रो नतिजा आयो’, ज्ञानेन्द्रले भने, ‘सिरिजबाट धेरै कुरा सिक्न पायौं र आगमी दिनमा धेरै राम्रो गर्न सक्छौं ।’

ज्ञानेन्द्र ओडीआईमा शैलीमा मिहिनेत गर्न अझ धेरै बाँकी रहेको बताउछन् । ‘हामीले नयाँ खेलाडी तयार भएको पनि देख्यौं । राम्रो टोली अमेरिकालाई हरायौं । ओमानसँग पनि धेरै नजिक पुगेर हारेका थियौं । प्रर्दशनमा तल माथि त भयौ नै तर पनि हामीले अगाडी अझै राम्रो गर्न सक्छौं’ ।

ओमानका ब्याट्सम्यानबाट धेरै कुरा सिक्न सकिने ज्ञानेन्द्र बताउँछन् । ओमानका ब्याट्सम्यानले सुरुवात पाईसकेपछि जसरी अन्त्य गरे,त्यसरीनै हामीले सुरुवातलाई ठूलो इनिङमा बदल्दै फिनिसिङ गर्न सक्नुपर्छ, ज्ञानेन्द्रले भने ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.