6 years ago
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टीयू क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको अमेरिका विश्व कीर्तिमानी कम योगफलमा समेटियो ।

अमेरिकालाई जम्मा ३५ रनमा अलआउट गर्ने क्रममा नेपालले १२ ओभरमात्र बलिङ गर्नुपर्यो । त्यसमा लेगस्पिनर सन्दीप लामिछानेले ६ तथा बायाँ हाते स्पिनर सुशन भारीले ४ विकेट हात पारे । नेपालका लागि ओडीआई ५ विकेट लिने दोस्रो खेलाडी बन्दै हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीप खेलको म्यान अफ द म्याच भए ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले नेपालको प्रदर्शनमा बधाईका हकदार आफू भन्दापनि सहकर्मी स्पिनर सुशन भएको बताए । ‘सुशन मभन्दा बढी बधाईका हकदार छन् । उनले प्रतियोगिता अवधिभर नै निरन्तर राम्रो बलिङ गरे । एक तर्फबाट उनले र करण दाईले राम्रो साथ दिएको कारण नै म सफल भएको हो,’ सन्दीपले भने । सुशनले सिरिजका चारै खेलमा विकेट लिँदै कुल ११ विकेट हात पारे ।

एसोसियट राष्ट्रमध्य यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि अफगानीस्तानका राशिद खानले वेस्ट इन्डिजविरुद्ध एकै खेलमा ७ विकेट लिएका थिए । यसबारे उत्तर दिँदै सन्दीपले ठट्टयौली पारामा अब राशिदलाई उछिन्दै आफ्नो प्रदर्शन नम्बर १ रहेको बताए । ‘राशिद अब टेष्ट खेलाडी भइसके । अब त मेरो नम्बर वान हो’ , सन्दीपले हाँस्दै जवाफ दिए ।
सन्दीपले अन्तिम खेलमा उत्कृष्ट बलिङ गरेपनि यसअघिका खेलमा भने प्रदर्शन उतारचढावले भरिपूर्ण रहयो । यस विषयमा सन्दीपले टि ट्वान्टी खेल्दैमा ओडीआईमा १० विकेट लिनुपर्छ भन्ने नरहेको बताए । ‘प्रत्येक खेल फरक हुन्छ । दुर्भाग्य भन्नुपर्छ विकेट लिन सकिएन । खेलाडीको जीवनमा यस्तो भई रहन्छ । ओमानसँगको खेलमा भन्दा अट्याकिङ बलिङ सायद कसैले गर्न सक्दैन होला ।’

उनले थपे, ‘ विकेट नलिँदा यो सबै कुरा आएको हो । हामीलाई एकदम विकेटको आवश्यकता भएर नै त्यसो गरेका थियौं । ओमानका खेलाडीले उत्तिकै राम्रो खेले पनि ‘, सन्दीपले भने । ओमानसँगको खेलमा नेपालले २ सय ४९ रन बनाएपनि पराजित भएको थियो । उक्त खेलमा सन्दीपले १० ओभरमा विना कुनै विकेट ६५ रन खर्चेका थिए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]