default_image

6 years ago

February 13, 2020

माछापुच्छ्रे सुपर सिक्सेस शनिबारदेखि

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस २०२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा एफजे भी थ्री एफआई एबीएस मोटरसाइकल पाउने भएका छन् । उक्त मोटरसाइकल मोरङ अटो वोक्स प्रायोजन गरेको हो ।

कर्पोरेट सुपर सिक्स शनिबारदेखि बुधबारसम्म चल्ने छ । प्रतियोगितामा २३ टोलीको सहभागिता रहनेछ । टीयू क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा रहेका २३ टोलीलाई ८ समुहमा विभाजन गरिने छ । समुह बी मा बाहेक अन्य सबै समुहमा तीन तीन टोली रहेका छन् ।

एस एस इभेन्ट्सको आयोजनामा हुने सुपर सिक्सेस प्रतियोगितामा लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित आकर्षक गिफ्टका साथै अर्को वर्षको प्रतियोगितामा निःशुल्क प्रवेश पाउनेछन् । उपविजेताले पनि ट्रफीसँगै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपर, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीहरुले ट्रफी र गिफ्ट ह्याम्पर पाउने छन् । त्यस्तै हिट दि बोर्ड र फेयर प्ले टिम पनि पुरस्कृत हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनले गर्ने छ ।

समुह ए मा इन्डियन एम्वेसी, मेगा बैंक र सिप्रदी छन् । समुह बीमा नविल बैंक र सुविसु छन् । समुह सी मा सिभिल बंैक, प्राइम कर्मसियल बैंक र नेपाल लाइफ इन्सुरेन्स रहेका छन् । समुह डी मा सनराज बैंक, सुर्य नेपाल र माछापुच्छ्रे, ग्रुप इ मा एनसिएल ए, ग्लोबल आईएमी बैंक र गोर्खा फाइनन्स रहेका छन् ।

सुमह एफ मा द काठमाडौं पोष्ट, कामना सेवा विकाश वैंक र कुमारी बैंक रहेका छन् । समुह जी मा सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र नेपाल राष्ट बैंक छन् । समुह एचमा आईसिएफ फाइनन्स, एनसीएल बी र नेपाल टेलिकम छन् ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.