default_image

6 years ago

February 14, 2020

केभीन ओ ब्रायनले काठमाडौंबाटै इपिएल खेल्ने

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेष्ट टोली आयरल्यान्डका स्टार अलराउन्डर केभीन ओ ब्रायनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन् ।

केभीन ओ ब्राएन

यसअघि तेस्रो संस्करणमा ब्रायनले काठमाडौंबाट खेलेका थिए । जसमा ७ खेलमा १ सय ८४ रन बनाउनुको साथै उनले ९ विकेट लिएका थिए । केभीनले ३ टेष्ट, १ सय ४५ ओडीआई र ९३ टि ट्वान्टी आई खेलेका छन् । केभीन आयरल्यान्डबाट टेष्टमा शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी हुन् । उनले गत मे मा पाकिस्तानसँगको एक मात्र टेष्टमा १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए ।

उनले १ सय ३३ ओडीआई इनिङमा २ शतक र १८ अर्ध शतक सहित कुल ३५ सय ४६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ४२ रन छ । ओडीआईमा १ सय १३ विकेट लिएका छन् । केभीन ओ ब्रायन एकदिवसिय विश्वकपमा सर्वाधिक छिटो बलमा शतक पुरा गर्ने ब्याट्सम्यान हुन् । उनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पुरा गर्दै कीर्तिमान रचेका थिए ।

टि ट्वान्टीमा उनले १ शतक र ३ अर्ध शतक सहित १५ सय ९२ रन बनाएका छन् । ओपनर समेत रहेका केभीन ठूला सटका लागि प्रख्यात छन् । केभीनले गत अक्टोबरमा हङकङविरुद्ध ६२ बलमा १२ चौका र ७ छक्का सहित १ सय २४ रनको इनिङ खेलेका थिए । टि ट्वान्टीमा ५८ विकेट लिएका छन् । काठमाडौंले अन्य दुई खेलाडी पनि टेष्ट टोलीबाटैन भित्र्याउने तयारी गरि रहेको छ ।

यस पटक काठमाडौंले लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई टोलीमा भित्र्याएको छ भने कप्तान सोमपाल कामीलाई चितवन टाइगर्सलाई बेचेको छ । यसै बर्ष देखी लागु भएको खेलाडी किनबेच नियम अनुसार सन्दीपलाई ललितपुर र दीपेन्द्रलाई चितवनबाट टोलीमा भित्र्याएको हो । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत छन् ।

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

Success

Thank you for your time.