6 years ago
February 15, 2020
एजेन्सी – दोस्रो टि ट्वान्टी खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ रनले हराएको छ । इंग्ल्यान्डको रोमान्चक जितसँगै तीन टि ट्वान्टी सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २ रन बनायो । दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा अन्तिम दुई बलमा लगातार विकेट गुमाएपछि झिनो हार बेहोरेको हो ।
टम करनले दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका खर्चिएपनि अन्तिम दुई बलमा लगातार विकेट लिदै इंग्ल्यान्डलाई रोमान्चक जित दिलाए । दक्षिण अफ्रिका कप्तान क्विन्टन डी ककले २२ बलमा ८ छक्का र २ चौका सहित ६५ रनको विश्फोटक इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् । उनले मात्रै १७ बलमा अर्ध शतक पुरा गरेका थिए ।
रस्सी भान डर दुसेन २६ बलमा ३ छक्का र २ चौका सहित ४३ रनमा अविजित रहे । ओपनर तेम्वा वभुमा ३१, डेविड मिलर २१ र ड्वेन प्रिटोरियसले २५ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुड, क्रिस जोर्डन र टम करनले २-२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । इंग्ल्यान्डका मोइन अलीले ११ बलमा ४ छक्का र ३ चौका सहित ३९ रन जोड्दै म्यान अफ द म्याच चुनिए । बेन स्टोक्स ३० बलमा ४ चौका र २ छक्का सहित ४७ रनमा अविजित रहे ।
ओपनर जोसन रोय ४०, जोनी बेयरस्टो ३५ र कप्तान इयोन मोर्गन २७ रनमा क्याच आउट भए । दक्षिण अफ्रिका लुन्गी निग्डीले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । एन्डिले फेहलुकवेओको नाममा २ विकेट रह्यो । पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुने छ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]