6 years ago
February 16, 2020
एजेन्सी – कप्तान इओन मोर्गनको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन टि ट्वान्टी सिरिज २(१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार राती दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय २३ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । इंग्ल्यान्डकोे जितमा कप्तान मोर्गन २२ बलमा ७ छक्का सहित ५७ रनमा अविजित इनिङ खेल्दै जित पक्का गरे । मोइन अली ५ रनमा नट आउट रहे ।
जोनी बेयरस्टोले ३४ बलमा ७ चौका र ३ छक्का सहित ६४ रनमा आउट गरे । विकेटकिपर जस बटलरले २९ बलमा ९ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । वेन स्टोक्स २२, जोसन रोय ७ र डेविड मलान ११ रनमा आउट भए । दक्षिण अफ्रिकाका लुन्गी निग्डीले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । टोलीका हेनरिक क्लासेनले ३३ बलमा ४ चौका र ४ छक्का सहित ६६ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर तथा कप्तान क्विन्टन डी कक र तेम्बा बभुमाले ७.४ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
क्विन्टन डी कक २४ बलमा ४ छक्का र १ चौका सहित ३५ रनमा क्याच आउट भए । तेम्बाले २४ बलमा ३ चौका र ४ छक्का सहित ४९ रनमा आउट हुन पुगे । डेविड मिलर २० बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे ।
इंग्ल्यान्डका टम करन र बेन स्टोक्सले २/२ विकेट लिए । मार्क वुड र आदिल राशिदको नाममा १/१ विकेट रह्यो । पहिलो खेलमा दक्षिण अफ्रिका १ रन विजयी हुँदा दोस्रो खेलमा २ रनले पराजित भएको थियो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]