6 years ago
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ ।

मैदान गिलो भएको कारण रद्ध भएको एसीसीले जनाएको छ । योसँगै नेपालको इस्टर्न रिजनमा यात्रा पनि सकिएको छ । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । सिंगापुरले मलेसियालाई १ सय २८ रन, थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो । योसँगै सिंगापुरले इस्टर्न रिजनको उपाधि जितेको छ । सिंगापुर ४ खेलमा ३ मा जित र १ मा रद्ध सहित ७ अंकका साथ च्याम्पियन बनेको हो ।
आजको दोस्रो खेलमा हङकङ र मलेसिया भिड्दै छन् । दुबैको ३ खेलमा समान २ मा जित र १ मा हार सहित ४ अंक छ । विजेता टोली दोस्रो स्थानमा रहँदै आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाउने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]