5 years ago
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट मान्यता (ओडीआई) प्राप्त गरेको आज दुई वर्ष पुगेको छ ।
जिम्बावेमा सन् २०१८ भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा मार्च १५ मा नेपालले प्ले अफ पप्पुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेर नदेरल्यान्ड्सको नतिजा पर्खेर बसेको थियो । नेदरल्यान्ड्सले प्ले अफमा हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले ऐतिहासिक ओडीआई मान्यता पाएको थियो ।
त्यसयता उतारचढाव, सफलता र असफलताका बीच ओडीआई मान्यता दुई वर्ष पुगेको छ । ओडीआईको दुई वर्षमा नेपालले कुल १० खेल खेल्दा ५–५ मा जित र पराजित भएको छ । जसमा नेपालले विश्व कीर्तिमान सहित उत्कृष्ट प्रर्दशन र उपलब्धी हात पार्यो । नेपालले ओडीआई दुई वर्षमा गरेका १० उत्कृष्ट क्षण र प्रर्दशनहरु ।
१. अन्तिम बलमा जित
नेपालले नेदरल्यान्ड्सलाई २०१८ अगष्ट ३ मा दोस्रो खेलमा १ रनले पराजित गर्दै ऐतिहासिक पहिलो ओडीआई जित दर्ता गरेको थियो । नेपालले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्यान्ड्स ५० ओभरमा २ सय १५ रनमा अल आउट हुन पुग्यो । नेदरल्यान्ड्सलाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिएको अवस्थामा तत्कालिन कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै नेपाललाई रोमाञ्चक पहिलो जित दिलाएका थिए । जुन जित नेपाली क्रिकेट इतिहासमा यागदार रहि रहने छ ।
२. रोहितको कीर्तिमान
गत माघमा युएईसँगको दोस्रो खेलमा १ सय ४५ रनको फराकिलो जित निकाल्ने क्रममा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ५८ बलमा ७ चौका सहित ५५ रन अर्ध शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा रोहितले अर्ध शतक प्रहार गर्दा १६ वर्ष १ सय ४६ दिनका थिए ।
जुन समय रोहितले भारतका पुर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तान अलराउन्डर शाहिद अफ्रिदीको रेकर्ड तोड्दै आफ्नो नाममा लेखाए । सचिन र अफ्रिदीको कीर्तिमा नेपाली युवा खेलाडीले तोड्दा नेपाली क्रिकेटमा हर्ष,उल्लास अर्कै थियो । तर रोहितको उक्त कीर्तिमान अघिल्लो महिना युवा बायाँ हाते कुशल मल्लले अमेरिकाविरुद्ध अर्ध शतक प्रहार गर्दै तोडेका छन् ।
३. सोमपालको पाँच विकेट
तीब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रर्दशन गरेपछि युएईले दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा १९.३ ओभरमा ९७ रनमा अल आउट हुँदै १ सय ४५ रनको फराकिलो हार बेहोरेको थियो । जसक्रममा सोमपालले ६.३ ओभरमा १ मेडन राखेर ३३ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल ओडीआईमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बन्न सफल भए ।
३. पारसको शतक
युएईसँगको तेस्रो तथा अन्तिम खेलमा पारसले १ सय ९ बलमा १५ चौका र १ छक्का सहित १ सय १५ रनको शतकीय इनिङ खेलेपछि युएईले प्रस्तुत गरेको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । पारस नेपालबाट ओडीआईमा शतक पुरा गर्ने पहिलो खेलाडी र कप्तान बने । ओडीआईमा नेपालको पहिलो शतक हुँदा पनि पारसको उक्त प्रर्दशन विशेष बन्यो र बनिरहने छ ।
४. ऐतिहासिक ओडीआई सिरिज
पारसको शतकमा नेपालले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै ओडीआई सिरिज २–१ ले जित्न सफल भयो । जुन नेपालले जितेको पहिलो ओडीआई सिरिज थियो । त्यसैले त्यस पल र क्षण नेपाली खेलाडी, समर्थक र सुभचिन्तकमा खुसिको सिमना थिएन ।
५. घरेलु मैदानमा ओडीआई खेल्ने सपना पुरा
नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत माघ २२ मा ओमानसँग घरेलु मैदानमा ओडीआईमा डेब्यु गरेको थियो । नेपालले ओडीआई मान्यता पाएको २३ महिनामा घरेलु मैदानमा डेब्यु गरेको थियो । जुन नेपाली क्रिकेटको घरेलु मैदानमा ओडीआई खेल्ने दुई दशक लामो सपना पुरा भयो । तर खराब ब्याटिङको कारण १८ रनले पराजित हुन पुग्यो ।
६. टीयु मैदानलाई ओडीआई मान्यता
विश्वकप लिग २ मा नेपालले ओमानसँग माघ २२ मा पहिलो खेल खेल्दा टीयु क्रिकेट मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । टीयु ओडीआई मान्यता पाउने विश्वकै २ सय ९ औं मैदान बन्न पुग्यो । योसँगै टीयु अव विश्वको ओडीआई मान्यता पाउने मैदानको सुचिमा पर्ने छ ।
७. कुशलको कीर्तिमान
युवा बाँया हाते ब्याट्सम्यान कुशल मल्लले माघ २५ मा अमेरिकासँग डेब्यू गर्दै ५० रनको अर्ध शतकीय इनिङ खेले । जसक्रममा कुशल १५ वर्ष ३ सय ४० दिनका थिए । कुशलले गत माघमा युएईविरुद्ध रोहितको कीर्तिमान तोड्दै ओडीआईमा कम सानो उमेरमा अर्ध शतक पुरा गर्ने रेकर्ड आफ्नो नाममा लेखाए ।
८. अमेरिकालाई ३५ रनमा अलआउट
नेपालले माघ २९ मा आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा टीयु मैदानमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । जुन ओडीआई इतिहासकै कम योगफलमा बराबर गर्न सफल भएको हो । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई पनि ३५ रनमा अल आउट गरेको थियो । जुन कीर्तिमान नेपालले बराबर गर्न सफल भयो ।
९. सन्दीपको ६ विकेट
अमेरिकालाई ३५ रनमा अल आउट गर्न स्पिनर सन्दीप लामिछानले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । जुन नेपाली बलरले ओडीआईमा गरेको उच्च ब्यक्तिगत प्रर्दशन हो ।
१०. कम बलमा अलआउट
नेपालले अमेरिकालाई ७२ बलमै ३५ रनमा अल आउट गर्दै विश्व कीर्तिमान बनाउन सफल भएको थियो । नेपाल ओडीआई इतिहासमा विपक्ष्यलाई सर्वाधिक कम बलमा अल आउट गर्ने टोली बन्न पुग्यो। त्यस अघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]