6 years ago
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण एनसिसिएस सिप्यान क्रिकेट अवार्ड स्थगित भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गरेको जनाएका छन् ।

परिस्थिथि अनुकुल भएपछि अवार्ड सञ्चालन हुने बताइएको छ । सिप्यानले चैत २१ गते अवार्ड आयोजना गर्ने यसअघि घोषणा गरेको थियो । विभिन्न ५ विधामा अवार्ड दिइने बताइएको छ । क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
वर्ष उत्कृष्ट क्षण अनलाइन भोटिङको आधारमा तय गरिने छ । त्यस्तै नेपाली क्रिकेट विकासमा योगदान पु¥याउने मध्येबाट एकजनालाई सम्मानित गरिने छ । खेलाडीले सन् २०१९ मार्चदेखि २०२० मार्चसम्मको गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिने छ । सिप्यानले गत वर्षबाट अवार्ड कार्यक्रम सुरु गरेको हो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]