default_image

6 years ago

March 16, 2020

विश्वकपमा नेपालको त्यो प्रर्दशन

241 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफलता सन् २०१४ मा बंगलादेशमा भएको आईसिसी टि ट्वान्टी विश्वकप पर्दछ । आजभन्दा ६ वर्ष अघि अर्थात् मार्च १६ मा नेपालले हङकङविरुद्ध खेल्दै विश्वकपमा सुरुवात गरेको थियो ।

विश्वकप खेल्ने सपना पुरा हुँदाको क्षण, खुसी, हर्ष र पहिलो खेलमै हङकङविरुद्ध सानदार जितले नेपालको विश्वकप डेब्युलाई अझ उत्कृष्ट र अविश्मरणीय बनाएको थियो । नेपालले हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वमै सनसनी मच्चाएको थियो ।

चटगाउँमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो । तत्कालिन उप कप्तान ज्ञानेन्द्र मल्ल ४८ र कप्तान पारस खड्काले ४१ रनको योगदान दिएका थिए । ज्ञानेन्द्र ६४ मिनेट मैदानमा बिताउँदा ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । जुन इनिङमा ज्ञानेन्द्रको छक्का पहिलो र एक्लो रह्यो ।

पारस ४७ मिनेट मैदानमा बिताउँदा ३७ बलमा ४ चौका प्रहार गरे । तेस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ८० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सुवास खकुरेल २२, सागर पुन १३ र शरद भेषवाकरले १४ रन जोडेका थिए । समग्रमा नेपालको इनिङमा १६ चौका र १ छक्का सामेल थियो ।

जवाफी ब्याटिङ थालेको हङकङ १७ ओभरमा ६९ रनमा अल आउट भएपछि नेपालले पहिलो विश्वकपको पहिलो खेलमै सानदार जित निकाल्न सफल भएको थियो । जक्रममा स्पिनर शक्ति गौचनले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । वसन्त रेग्मीले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिदै मध्यक्रम ध्वस्त बनाएका थिए । सोमपाल कामीले २, पारस र जितेन्द्र मुखियाले १–१ विकेट लिदै जित सहज बनाए । पारसले पहिलो ओभरको पहिलो बलमै ओपनर इफरान अहमदलाई सुवास खकुरेलबाट सुन्यमा क्याच गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

बंगलादेशसँग ८ विकेटले पराजित हुँदा अफगानिस्तानलाई ९ रनले हराउँदै नेपालले अझ सनसनी मच्चाएको थियो । नेट रन रेटको आधारमा घरेलु टोली बंगलादेश नेपाललाई पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । विश्वकप प्रर्दशनले धेरै विश्वका क्रिकेट विज्ञ्यले नेपालले चाडैंनै टेष्ट टोलीको स्तरमा पुग्ने आकलन गरेका थिए ।

त्यो विश्वकपले नेपाली क्रिकेटको लोकप्रियता, स्तर देखी सबै कुरामा उचाई लिएको थियो । तर त्यो विश्वकपनै नेपालको पहिलो र अन्तिम हुँदै आएको छ । नेपालले लगातार दुई विश्वकपको अवसर गुमाएको छ । सन् २०१६ मा भारतमा भएको आइसीसी टि२० विश्वकपको लागि ग्लोबल छनोटमा खराब प्रर्दशन गर्दै बाहिरियो ।

त्यसपछि आईसीसीले टि२० विश्वकप चार वर्षे बनायो । आगमी अक्टोबरमा अष्ट्रेलियामा हुन लागेको टि ट्वान्टी विश्वकपमा पनि नेपालले स्थान बनाउन सकेन । गत जुलाईमा सिंगापुरमा भएको एसिया छनोटमा खराब प्रर्दशन गर्दै नेपाल बाहिरिएको थियो ।

गुमेको लय

नेपालले टि२० विश्वकप २०१४ मा जुन प्रर्दशन गरेको थियो, त्यसले नेपालले लगातार विश्वकप खेल्ने धेरैको अनुमान थियो । सन् २०१६ मा नेपाल दोस्रो चरणमा पुग्न सक्ने बताइएको थियो । तर खेलाडी र नेपाल क्रिकेट संघ ९क्यान० को आन्तरिक विवाद चरम अवस्थामा पुगेपछि नेपाली क्रिकेटको स्तर बढ्नुको सट्टा खस्किदै गयो । कुनै समय अफगानिस्तानलाई हराउने नेपाल अहिले मलेसिया, सिंगापुर, कतार जस्ता देशसँग पराजित हुन थालेको छ । पछिल्लो समयको लगातार खराब प्रर्दशनले अझ चिन्ता थपिदै गएको छ ।

नेपाललाई सुन्दर अवसर

नेपालले पछि फर्केर हेर्नु भन्दा पनि आगमी दिनलाई सम्झेर अघि बढ्नुपर्छ । अर्को वर्ष भारतमा पनि टि२० विश्वकप हुँदै छ । जसको लागि आइसीसीले केहि समय अघि नेपाललाईले वरियतामा १२ औं स्थानमा रहेको आधारमा सिधैं ग्लोबल छनोटमा मौका दिएको थियो ।

यो अवसर नेपालले सदुपयोग गर्न सके भारतमा हुने टि२० विश्वकप खेल्न पाउनेछ । उक्त विश्वकपमा स्थान बनाउन नेपालले अहिले देखीनै तयारी र योजनाका साथ अघि बढ्न आवश्यक छ । अन्यथा अवसर गुमेपछि पछुताउनु भन्दा र २०१४ को विश्वकप खेलेका थियौ भनेर बस्नु बाहेक अन्य विकल्प हुने छैन ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.