6 years ago
March 17, 2020
एजेन्सी– भारतका विष्फोटक ओपनर ब्याट्सम्यान रोहित शर्माले मात्र आधुनिक टि२० क्रिकेटमा दोहोरो शतक बनाउन सक्ने अष्ट्रेलियाका पुर्व खेलाडी ब्राड हगले बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शिवम जैसवाल नाम गरेका समर्थकले टि२० मा पहिलो दोहोरो शतक कसले बनाउन सक्छ भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफमा दिएका हुन् । ‘वर्तमान क्रिकेटमा रोहित मात्र यस्ता खेलाडी हुन् जोसँग टि२० मा दोहोरो शतक बनाउन सक्ने क्षमता छ,’ उनले थपे, ‘उनको स्ट्राइक रेट राम्रो छ । उनले मैदानको सबै तिर छक्का प्रहार गर्न सक्छन् र टाइमिङ पनि राम्रो छ ।’
रोहित टि२० आइमा ४ शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । उनले १ सय टि२० इनिङमा ४ शतक र २१ अर्ध शतक सहित २ हजार ७ सय ७३ रन जोडेका छन् । रोहितले एकदिवसिय खेलमा तीन दोहोरो शतक प्रहार गरेका छन् । रोहितसँग एक दिवसिय खेलमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि छ । सन् २०१४ मा कोलकातामा श्रीलंकाविरुद्ध चौथो एक दिवसिय खेलमा रोहितले १ सय ७३ बलमा ३३ चौका र ९ छक्का सहित २ सय ६४ रनको दुर्लभ इनिङ खेलेका थिए ।
टि२० आइ एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान अष्ट्रेलियाका कप्तान आरोन फिन्चको नाममा छ । २०१८ मा फिन्चले जिम्बावेविरुद्ध ७६ बलमा १६ चौका र १० छक्का सहित १ सय ७२ रन प्रहार गरेका थिए । टि२० इतिहासमै एक इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान भने वेस्टइन्डिजका ओपनर क्रिस गेलको नाममा छ । गेलले सन् २०१३ को आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुने वारियर्सविरुद्ध ६६ बलमा १३ चौका र १७ छक्का सहित १ सय ७५ रनको इनिङ खेलेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]