6 years ago
March 17, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण वैशाखमा हुँदैछ । चैत्र १६ देखी सुरु हुनुपर्ने भएपनि विश्वभर फैलिएको कोरोना भाइरसको कारण सर्दै वैशाख ३ देखि सुरु हुँदैछ ।

कोरोना भाइरसको कारण अभ्यास पनि सबै टोलीले स्थगित गरेका छन् । व्यावसायिक रुपमा हरेक खेलाडीको आइपिएल खेल्ने चाहना हुन्छ । विश्वभरका स्टार खेलाडीको भेटसँगै पारिश्रमिक पनि राम्रो हुने हुँदा आइपिएल पहिलो रोजाइको व्यावसायिक फ्रेन्चाइज लिग हुँदै आएको छ । आफ्नो प्रर्दशन हरेक खेलाडीको लागि महत्वपूर्ण हुन्छ । युवा खेलाडीको लागि अझ विशेष महत्व राख्छ । उत्कृष्ट प्रर्दशन गर्ने युवा खेलाडीलाई सिनियर टोलीमा स्थान बनाउन सहज हुन्छ ।
इमर्जिङ प्लेयर अवार्ड जित्ने युवा खेलाडीले १० लाख भारतीय रुपैयाँ पाउने गर्दछन् । इमर्जिङ प्लेयर अवार्डको लागि मनोयनमा पर्न ५ आइपिएल खेल खेलेको हुनुपर्छ । २० भन्दा बढी ओडीआई खेलेको हुनु हुँदैन । २५ भन्दा बढी आइपिएल खेलेको पनि हुनु हुदैन । एक पटक इमर्जिङ प्लेयर अवार्ड जितेको पनि हुनु हुँदैन । गत वर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछाने इमर्जिङ प्लेयरको मनोयनको भोटिङ अग्र स्थानमा रहेपनि कोलकाता नाइट राइडर्सका युवा ब्याट्सम्यान सुभमन गिलले जितेका थिए ।
इमर्जिङ प्लेयरको छनोट अधिकार आइपिएल टिभी कमेन्टेटर टोली हुने हुँदा भोटले फरक पार्दैन । सनराइजर्स हैदराबाट २०१६ मा बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानले इमर्जिङ प्लेयर जित्दा अन्य सबै संस्करणमा भारतीय खेलाडी चुनिदै आएका छन् । यी पाँच युवा खेलाडी जो आइपिएल २०२० मा इमर्जिङ प्लेयर अवार्ड जित्न सक्छन् ।
५.रवि बिश्नोई (किंग्स इलेभेन पञ्जाव)

आगमी आइपिएलमा किंग्स इलेभेन पञ्जावका युवा लेग स्पिनर रवि बिश्नोईले डेब्यु सहित उत्कृष्ट प्रर्दशन गर्दै इमर्जिङ प्लेयर बन्न सक्ने खेलाडी हुन् । उनलाई अक्सनमा पञ्जावले २ करोडमा अनुबन्ध गरेको थियो ।
बिश्नोईले अघिल्लो महिना दक्षिण अफ्रिकामा सम्पन्न एक दिवसिय यु१९ विश्वकपमा भारतलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्दै ६ खेलमा १७ विकेटका साथ शीर्ष स्थानमा रहेका थिए । उनले बंगलादेश, न्युजिल्यान्ड र जापानसँग ४–४ विकेट लिदै सनसनी मच्चाएका थिए । उनको लयलाई हेर्दा सम्भावना देखिन्छ ।
४. सन्दीप लामिछाने (दिल्ली क्यापिटल्स)

नेपाली लेग स्पिनर सन्दीप लामिछाको पनि इमर्जिङ प्लेयर अवार्ड २०२० का दाबेदार खेलाडीमा पर्दछन् । सन्दीपले आइपिएलमा २०१८ मा ३ र २०१९ मा खेलेका थिए । कुल ९ खेलमा १३ विकेट लिएका छन् । गत वर्ष सन्दीपले ८ विकेट लिएका थिए ।
सन्दीप गतवर्ष अवार्डको मनयोनमा भोटिङमा अघि रहेपनि अवार्ड जित्न सकेनन् । सन्दीपले अन्तर्राष्ट्रिय स्तरमा एकरुपता प्रर्दशन भने गर्न सकि रहेका छैनन् । जसको लागि उत्कृष्ट प्रर्दशन गर्दै टिभी कमेन्टेटरको मन जित्न आवश्यक पर्दछ ।
३. राहुल चाहर (मुम्बई इन्डियन्स)

मुम्बई इन्डियन्सका २० वर्षिय लेग स्पिनर राहुल चाहर पनि यस अवार्डको दाबेदार खेलाडीमा पर्दछन् । उनले गत वर्ष १३ खेलमा १३ विकेट लिएका थिए । त्यस्तै सन् २०१७ मा उनले राइर्जिङ पुनेबाट ३ खेलमा २ विकेट खेलेका थिए । गत वर्ष अवार्डको मनयोनमा परेपनि जित्न सकेका थिएनन् । उनले वेस्ट इन्डिजविरुद्ध गत अगष्टमा टि ट्वान्टीमा डेब्यु गरि सकेका छन् ।
२. रियान पराग (राजस्थान रोयल्स)

१८ वर्षिय ब्याटिङ अलराउन्डर रियान परागले गत वर्ष राजस्थानबाट उत्कृष्ट प्रर्दशन गरेका थिए । परागले आक्रामक ब्याटिङका साथै पार्टटाइम लेग स्पिन बलिङ पनि गर्दछन् । उनले गत वर्ष ७ खेलमा १ सय ६० रन बनाउनुको साथै २ विकेट लिएका थिए । अछामबाट घरेलु प्रतियोगिता खेल्ने परागले निरन्तर राम्रो पर्दशन गर्दै आएका छन् । जुन लयलाई निरन्तरता दिएको खण्डमा अवार्डको बलियो दाबेदार खेलाडीमा पर्दछन् ।
१. यशस्वी जैसवाल (राजस्थान)

राजस्थान रोयल्सका १८ वर्षिय बायाँ हाते युवा ओपनर यशस्वी जैशवालमा आगमी आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्न सक्ने खेलाडी हुन् । उनले घरेलु प्रतियोगिता, यु१९ विश्वकप देखी सबै खेलमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आगमी स्टार खेलाडीको संकेत दिएका छन् ।
जैसवाललाई अक्सनमा राजस्थानले २ करोड ४० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले यु१९ विश्वकपमा ६ खेलमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय रनका साथ शीर्ष स्थानमा रहँदै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । उनले पाकिस्तानविरुद्ध १ सय १३ बलमा ८ चौका र ४ छक्का सहित १ सय ५ रनमा अविजित रहँदै १० विकेटको जित दिलाएका थिए ।
जैसवालको खेल्ने शैलीलाई धेरै क्रिकेट विज्ञहरु विरेन्द्र सहवागसँग तुलना गर्छन् । कलिलो उमेरमा जैसवाल मैदानमा परिपक्व, परिस्थिति र टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने हुँदा भारतीय टोलीमा उनलाई रोहित शर्मा र शिखर धवन पछिको ओपनरको रुपमा हेरिएको छ । उनले पार्टटाइम स्पिन बलिङ गर्ने गर्दछन् । उनले केहि महिना अघि लिष्ट ए मा २ सय ३ रन बनाउँदै कम उमेरमा दोहोरो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए । उनको खेल्ने शैली, लयलाई देख्दा राजस्थानमा नियमीत स्थान बनाउनुको साथै उत्कृष्ट प्रर्दशनका साथ इमर्जिङ प्लेयरको प्रमुख दाबेदार देखिन्छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]