6 years ago
March 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरसको कारण आइसिसि विश्वकप लिग-२ अन्तर्गत सातौं चरणमा नामिबियामा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसिय त्रिकोणात्मक सिरिज सर्ने सम्भावना बढेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले यस विषयमा आइसिसिले एक दुई दिनमा निर्णय दिने बताएका छन् । ‘पक्कै पनि सर्छनै होला । अहिलेसम्म त्यहिनै छ । स्कटल्यान्डले पनि सार्ने कुरा गरेको छ र यस विषयमा आइसिसिले १-२ दिनमा आधिकारीक निर्णय दिएपछि हामीले जानकारी दिनेछौं’, प्याकुरेलले हाम्रो खेलकुदसँग भने ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक सिरिज वैशाख ८ देखि १५ गते सम्म हुने तालिका छ । यद्यपि कोरोना भाइरसको कारण विश्वभर क्रिकेटसहित लगभग सबै खेलकुदका गतिविधि ठप्प भएको छ ।
त्यस्तै एसीसी इस्टर्न रिजन छनोटमा नेपाल खराब गर्दै बाहिरिएपछि कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी परिवर्तनको चर्चा छ । यस विषयमा प्याकुरेलले भने, ‘एक प्रतियोगिता हेरेको भरमा मात्र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने होइन । टोलीलाई नयाँ उचाइमा पुर्याउन हामीले समिक्षा बैठक गर्दैछौं । जसमा कप्तानीदेखि सबै पक्षमा छलफल हुनेछ, ‘उनले भने ।
कुल ७ राष्ट्र सहभागि आईसीसी विश्वकप लिग–२ सन् २०२२ जनवरी सम्म चल्ने छ । जसमा शीर्ष तीन टोली त्यसैवर्ष हुने एक दिवसिय विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन् भने चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । लिग-२ प्रतियोगिता अवधिमा एक टोलीले कुल ३६ ओडीआई खेल्ने छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग २ को सुरुवात गरेको थियो । जसमा ओमानसँग दुवै खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]