default_image

4 years ago

March 18, 2020

‘क्रिकेटमै जीवन समर्पण गरें, अब क्रिकेटकै भरोसा छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय टीयु क्रिकेट मैदानमा डेढ दशक देखि कार्यरत मैदानका कर्मचारी (ग्राउन्ड्समेन) जयबहादुर तामाङ (सेते) को दुवै मिर्गौला खराब (किड्नी ड्यामेज) भएको छ । दुवै मिर्गौला खराबीसँगै पछिल्लो एक सातादेखि तामाङ काठमाडौंको विर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेको कारण एक महिनाको अवधिमा पुन काम […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय टीयु क्रिकेट मैदानमा डेढ दशक देखि कार्यरत मैदानका कर्मचारी (ग्राउन्ड्समेन) जयबहादुर तामाङ (सेते) को दुवै मिर्गौला खराब (किड्नी ड्यामेज) भएको छ ।

दुवै मिर्गौला खराबीसँगै पछिल्लो एक सातादेखि तामाङ काठमाडौंको विर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेको कारण एक महिनाको अवधिमा पुन काम काम गर्न सक्ने सम्भावना रहेको र यदी नगरेको खण्डमा प्रत्यारपण गर्नुपर्ने उपचाररत चिकित्सकले बताएका छन् । तर कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भएको छ ।

फागुन २३ गते राती टियु मैदानमा सुतिरहेको अवस्थामा राती १ बजे पिसाब रोकिएपछि उनलाई मैदानका अन्य कर्मचारीले मध्यरातमै सानेपास्थित स्टार अस्पताल पुर्याएका थिए । स्टार अस्पतालले अर्को दिन केहि नभएको भन्दै डिस्चार्ज गरेको थियो । तर पछि पुन: समस्या दोहोरिएपछि उनी विर अस्पतालमा उपचार गर्न गए । त्यहाँ उनले आफ्नो दुवै मिर्गौला खराब रहेको थाहा पाए । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियु क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् । आर्थिक अवस्था निकै कमजोर हुँदा उपचार गर्न परिवारलाई कठिन परिरहेको छ ।

‘मलाई टियुको धेरै माया छ । अहिले पनि गएर काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ, तर शरीरले साथ दिएको छैन,’ उनले भने,’ २०६१ सालमा ७ हजार रुपैयाँ तलबमा काम सुरु गरेको हुँ । अहिले जम्मा साढे १० हजार पुगेको छ । तलब बढेको छ भन्ने सुनेको थिएँ, खै अहिले सम्म पाएको छैन । क्यान निलम्बन भएको अवस्थामा लामो समयसम्म पैसा पाएनौं, तर पनि हामीले टियुको काम गर्न छोडेनौं । हामीले नगरे खेलाडीले कहाँ खेल्छन् भन्ने चिन्ता लाग्थ्यो ।’

‘त्यो समय खेलाडी र टीयुको मायाले अरु काम पनि गर्न मन लागेन । आफ्ना खेलाडीलाई कसरी जिताउ र माथि पुर्याउँ भन्ने हो । मैदानमा सबैले सेते दाई भन्छन् । सबै मसँग कुराकानी गरेर हुर्किएका खेलाडी साथी भाई छन् । अब कसैले सहयोग गरेर उपचार गरे फेरी टीयुमा फर्केर काम गर्न चाहान्छु,’ भावुक हुँदै उनले सुनाए  ।

‘मैले हाम्रा खेलाडीलाई मैदान तयार पार्न टीयु मैदानमा रात-दिन, हावा-हुरी, पानी-बतास केहि नभनी काम गरे । टीयु मैदानको सुरक्षा कसरि गरौं भन्ने हुन्थ्यो । मलाई उपचारमा सहयोग गरे भने अझैपनि त्यहीं काम गर्न जान्छु,’ गहभरी आँशु निकाल्दै उनले भने ।

‘खेलाडीको लागि नै दिनरात मिहिनेत गरे । तर मलाई यस्तो हुँदा आरिफबाहेक अन्य कसैले पनि फोन गरेका छैनन् । आफूलाई परेपछि कसैले हेर्दा रहेनछन् । चित्त दुख्दो रहेछ,’ तामाङले दुख पोखे ।

‘यति धेरै खर्चको उपचार मैले कसरी गर्न सक्छु र ? मेरो जिन्दगी अब यसैले नै लान्छ कि भन्ने डर पनि छ,’ केहि समय बोली रोकिएपछि उनले थपे,’ अब मैले क्रिकेटमा कमाएको खेलाडी र क्यानले सहयोग गरे ठिक हुन्छु होला । नत्र त आशा छैन ।’

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.