6 years ago
March 20, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता टोलीमा छैनन् । धोनीले अब एकदिवसिय क्रिकेट खेल्ने सम्भावना कम छ ।

धोनीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने चाहना राखेका छन् । धोनी विश्वकप जित्दै आफ्नो क्रिकेट करिअर अन्त्य गर्न चाहन्छन् । धोनी सार्वजनिक रुपमा भने यस विषयमा मौन बसेका छन् । आफ्नो पुनरागमन विषयमा केहि बोलेका छैनन्, बोल्न पनि चाहदैनन् । वैशाखमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा उच्च प्रर्दशन गर्दै धोनी पुनरागमन गर्ने सोचमा छन् । आलोचकलाई प्रर्दशनबाट जवाफ दिने उनको सोच देखिन्छ । प्रशिक्षक रवि शास्त्री र बिसिसिआईले पनि आइपिएलको प्रर्दशन महत्वपूर्ण बताउँदै आएका छन् ।
कोरोनाको कारण चैत १६ देखि हुुनुपर्ने आइपिएल वैशाख ३ लाई सारिएको छ । यता धोनीले पनि टोलीमा पुनरागमन गर्न कडा मिहिनेत गरिरहेका छन् । कोरोना भाइरसको कारण आइपिएल सरेसँगै चेन्नइ सुपर किंग्सको अभ्यास पनि स्थगित भएको छ । अभ्यासको क्रममा धोनीले उत्कृष्ट शतक प्रहार गर्नुको साथै र एकै ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए । तर आइपिएल कोरोनाको कारण नभएमा धोनीले कुन आधारमा पुनरागमन गर्छन् भन्ने प्रश्न पनि छ । यी ४ कारण भारतीय टि२० विश्वकप टोलीमा धोनीको आवश्यक देखिन्छ ।
४. डिआरएसमा सफल धोनी

अम्पाएर डिसिजन रिभ्यु सिस्टम (डिआरएस) खेलमा निकै महत्त्वपूर्ण हुन्छ । अम्पाएर निर्णय सधैं सहि हुन्छ भन्ने हुँदैन । त्यसैले टि२० मा एक रिभ्यु अर्थात डिआरएस उपलब्ध हुन्छ । यदी आफ्नो आग्रह सहि भएमा उक्त रिभ्यु बच्छ र गलत भएमा गुम्छ । रिभ्यु लिने क्रममा विकेटकिपरको निर्णय निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले अनुभवी र उत्कृष्ट विकेटकिपर हरेक टोलीलाई आवश्यक पर्छ ।
धोनी डिआरएस लिने मामिलामा सफल मानिन्छन् । उनले लिएको निर्णय कमै असफल हुन्छ । धोनीले कप्तान र बलरलाई डिआरएस लिन सहि छ वा छैन भन्ने राम्रो सल्लाह दिन्छन् । जसले महत्वपूर्ण निर्णय भारतको नाममा आउन सक्छ । यता विकेटकिपर ऋषभ पन्त डिआरएसको निर्णयमा धेरै असफल हुँदै आएका छन् । यस्तो अवस्थामा कहिले केही लिनुपर्ने अवस्थामा पहिलानै सकि सकेको अवस्थामा हारको टर्निङ प्वाइन्ट बन्न सक्छ ।
कप्तान विराट कोहली पनि डिआरएस लिने निर्णयमा असफल हुँदै आएका छन् । जुन विश्वकपमा निकै घातक बन्न सक्छ । त्यसैले धोनी भारतीय टोलीमा हुनुपर्छ ।
३. स्पिनरलाई सल्लाह

स्पिनर सफल हुन विकटकिपरको भुमिका र सल्लाह निकै महत्वपूर्ण हुन्छ । रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, युजभेन्द्र चहल लगातका स्पिनर सफल हुनु पछाडी धोनीको पनि हात रहेको बताइन्छ। केहि समय अघि युवा स्पिनर कुलदीप यादवले भारतीय सञ्चार माध्यममा खेलको क्रममा धोनीको अभाव निकै महसुस गरि रहेको बताएका थिए ।
स्पिनर सफल हुन दबाबमा विकेटकिपरले राम्रो सल्लाह दिनसक्ने हुनुपर्छ । पछिल्लो समय धोनी नहुँदा भारतीय टोलीमा स्पिनरको प्रर्दशन केहि कमजोर समेत रहँदै आएको छ । त्यसैले पनि भारतीय टोलीमा धोनीको आवश्यक देखिन्छ ।
२. पन्तको खराब लय

युवा ब्याट्सम्यान ऋषभ पन्तलाई धोनीको विकल्प मानिएको थियो । पन्तले धोनीको अभाव महसुस हुन नदिने धेरैको अनुमान थियो । पन्तको शैली धोनीको भन्दा अझ बढी आक्रामक छ । तर सट छनोट गलत र परिणाम खराब रहँदै आएको छ । पन्तको लय पनि राम्रो छैन । न्युजिल्यान्ड भ्रमणसँगको पाँच टि२० खेलमा पन्त बाहिर रहे ।
लोकेश राहुलले न्युजिल्यान्ड भ्रमणमा सिमित ओभरमा विकेटकिपर गरेका थिए । पन्तलाई छाड्दा सञ्जु स्यामसन, इशान किशनलाई भारतले कुनै मौका नदिएको हुँदा सिधै टि२० विश्वकप टोलीमा मौका दिने सम्भावना रहँदैन । त्यसैले भारतलाई धोनीको आवश्यक देखिन्छ ।
१. उत्कृष्ट स्टम्पिङ

उत्कृष्ट फिनिसर धोनी ब्याटबाट मात्र होइन विकेटकिपरबाट पनि खेल जिताउन सक्ने क्षमता राख्छन् । धोनी सिमित ओभरमा सर्वाधिक सफल विकेटकिपर हुन् । उनको हातनिकै छिटो चल्ने गर्दछ । ब्याट्सम्यानले रियाक्ट गर्न नपाउँदै उनले स्टम्पिङ गर्न सक्छन् । थुप्रै पटक ब्याट्सम्यानको खुट्टा हावामै छँदा धोनीले स्टम्पिङ आउट गराउँदै खेल आफ्नो पक्षमा ल्याएका छन् । जुन ब्याट्सम्यानलाई थाहा पाउन मुश्किल पर्छ ।
टि२० इतिहासमा धोनी सर्वाधिक सफल विकेटकिपर समेत हुन् । उनले ९८ खेलमा ५७ क्याच र ३४ स्टम्पिङ आउट गराएका छन् । एउटा क्याच र स्टम्पिङ छुट्दा नतिजा अर्काको पक्षमा जान सक्छ । त्यसैले पनि धोनी टि२० टोलीमा आवश्यक देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]