6 years ago
March 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट प्लेयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा टियू क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड्समेन मृगौला रोगबाट पीडित जयबहादुर तामाङ (सेते) लाई आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी महिला, पुरुष, प्रशिक्षक र अन्यबाट संकललित १ लाख ३३ हजार रुपैयाँ आज परिवारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान ज्ञानेन्द्र मल्ल र सिप्यानका सचिव राजु बस्न्यातले तामाङकी श्रमिती निर्मायालाई वीर अस्पताल पुगेर शनिबार रकम हस्तान्तरण गरेका थिए । झन्डै डेढ देशकदेखि नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानका ग्राउन्ड्सम्यान तामाङका दुवै मृगौला खराब छन् ।
केहि दिन देखि उनी वीर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेकोले एक महिनाको अवधिमा पुन काम काम गर्न सक्ने सम्भावना रहेको र यदि त्यस्तो नभएको खण्डमा प्रत्यारपण गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुलेब उल्लेख गरेको परिवारजनलेब ताएका छन् । कमजोर आर्थिक अवस्था कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको बताइएको छ ।
फागुन २३ गते राती टियु मैदानमा सुतिरहेको अवस्थामा राती १ बजे पिसाब रोकिएपछि उनलाई मैदानका अन्य कर्मचारीले राती नै सानेपास्थित स्टार अस्पताल पुर्याएका थिए । तर पछि पुनस् समस्या दोहोरिएपछि उनीलाई वीरमा भर्ना गरिएको थियो । वीरमा पुगेपछि उनको दुवै मिर्गौला खराब रहेको थाहा भएको थियो । ललितपुरको लेलेमा जन्मिएका उनले २०६१ सालदेखि टियु क्रिकेट मैदानको हेरचाह गर्दै आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]