6 years ago
March 26, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगमी वैशाखमा हुने तालिका छ । तर विश्वभर महामरीको रुप लिएको कोरोना भाइरसको कारण यस पटकको आइपिएल हुने सम्भावना कम छ ।

सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । आइपिएल हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग पर्दछ । खेलाडीले अक्सनमा क्षमता अनुसारको मुल्य पाउने गर्दछन् । सन् २०१८ मा दिल्ली क्यापिटल्सले लेग स्पिनर सन्दीप लामिछानेलाई अक्सनमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
सन्दीपले दिल्लीसँग तीन वर्षे सम्झौता गरेको कारण यो सिजन उक्त मूल्यमा थोरै वृद्धि गरेर दिल्लीबाटै खेल्नुपर्ने हुन्छ । आइपिएलमा सर्वाधिक पारिश्रमिक रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको छ । कोहलीले एक सिजनको १७ करोड भारतीय रुपैयाँ पाउने गर्दछन् । यसैगरी महेन्द्रसिंह धोनी, रोहित शर्मा र ऋषभ पन्तले १५-१५ करोड बुझ्छन् ।

दिल्लीका सबै खेलाडीको पारिश्रमिक भारतीय रुपैयाँमा यस प्रकार छ :
१.पृथ्वी शा – १ करोड २० लाख
२.ईशान्त शर्मा – १ करोड १० लाख
३.क्रिस वोक्स – १ करोड ५० लाख (वोक्सले नाम फिर्ता लिएका छन्)
४.रविचन्द्रन आश्विन – ७ करोड ६० लाख
५.अजिंक्या रहाने – ५ करोड २५ लाख
६.शिखर धवन – ५ करोड २० लाख
७.जोसन रोय – १ करोड २० लाख
८.अमित मिश्रा – ४ करोड
९.मार्कस स्टोइनिस – ४ करोड ८० लाख
१०. एलेक्स करी – २ करोड ४० लाख
११.हर्षल पटेल – २० लाख
१२. मोहित शर्मा – ५० लाख
१३.कागिसो रबाडा – ४ करोड २० लाख
१४. अक्षर पटेल – ५ करोड
१५. श्रेयस ऐर – ७ करोड
१६. शिम्रन हेटमायर – ७ करोड ७५ लाख
१८. किमो पल – ५० लाख
१९.आवेश खान – ७० लाख
२०.तुषार देशपान्डे – २० लाख
२१.ललित यादव – २० लाख
२२.ऋषभ पन्त – १५ करोड
२३. सन्दीप लामिछाने – २० लाख
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]