default_image

4 years ago

March 27, 2020

आइपिएलका सर्वाधिक महँगा १५ खेलाडी

एजेन्सी – विश्वकै सर्वाधिक चर्चित क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा खेलाडी रातारात करोडपति बन्ने गर्दछन् । पछिल्लो समय भारतीय खेलाडी मात्र नभएर विदेशी खेलाडीमाथि पनि अप्रत्याशित बोली लाग्दै आएको छ । अक्सनमा खेलाडीले महँगो मुल्य पाउन सबै टोलीलाई उक्त भुमिका आवश्यक हुनुपर्छ । अक्सनमा उक्त खेलाडीमाथि जति धेरै टोलीले प्रतिस्पर्धा गर्छन् त्यतिनै […]

40 views

0 Bookmark

एजेन्सी – विश्वकै सर्वाधिक चर्चित क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा खेलाडी रातारात करोडपति बन्ने गर्दछन् । पछिल्लो समय भारतीय खेलाडी मात्र नभएर विदेशी खेलाडीमाथि पनि अप्रत्याशित बोली लाग्दै आएको छ ।

अक्सनमा खेलाडीले महँगो मुल्य पाउन सबै टोलीलाई उक्त भुमिका आवश्यक हुनुपर्छ । अक्सनमा उक्त खेलाडीमाथि जति धेरै टोलीले प्रतिस्पर्धा गर्छन् त्यतिनै महँगो मुल्य खेलाडीमा पर्न जान्छ । अन्यथा अन्तर्राष्ट्रिय स्तरमा लगातार उत्कृष्ट प्रर्दशन गरेपनि र उत्कृष्ट क्षमता भएपनि अक्सनमा कम मुल्य पर्ने गर्दछ । आइपिएलको प्रर्दशन सबै खेलाडीको लागि महत्त्वपूर्ण हुन्छ ।

सिनियर टोलीमा स्थान बनाउन र पुनरागमन गर्न आइपिएल राम्रो अवसर हो । विश्वकै सर्वाधिक लोकप्रिय आइपिएलको १३ औं संस्करण आगमी वैशाखमा हुने कार्यतालिका छ । तर विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९ ) को कारण आइपिएल तोकिएको समयमै हुने सम्भावना देखिँदैन । आइपिएलमा विश्वभरका स्टार खेलाडी खेल्ने गर्दछन् । जसमा स्टार खेलाडीको मुल्य पनि महँगो रहँदै आएको छ । त्यस्तै आइपिएलका सर्वाधिक १५ महँगा खेलाडी यस प्रकार छन् ।

१. विराट कोहली (बेंगलोर)

रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली आइपिएलका सर्वाधिक महँगा खेलाडी हुन् । विराट कोहलीले बेंगलोरबाट एक सिजनको १७ करोड भारतीय रुपैयाँ पारिश्रमिक प्राप्त गर्छन् । कोहली आइपिएलमा व्यक्तिगत रुपमा सफल भएपनि टोलीलाई च्याम्पियन भने बनाउन सकेका छैनन् । कोहली आइपिएल इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी खेलमा १ सय ७७ खेलमा ५ हजार ४ सय १२ रन सहित शीर्षस्थानमा छन् ।

२. प्याट कमिन्स (अष्ट्रेलिया)

अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई गत पुषमा भएको अक्सनमा नाटकीय रुपमा धनवर्षा भएको थियो । अक्सनमा कोलकाता नाइट राइडर्सले कमिन्सलाई १५ करोड ५० लाख भारतीय रुपैयाँ खर्चेर अनुबन्ध गरेको थियो । जुन विदेशी खेलाडीलाई अक्सनमा खर्चेको आइपिएल इतिहासकै सर्वाधिक महँगो मुल्य हो । टेष्ट क्रिकेटको बलर वरीयतामा शीर्षस्थानमा रहेका कमिन्सले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

३. रोहित शर्मा (मुम्बई)

मुम्बई इन्डियन्सका रोहित शर्मा आइपिएलका सर्वाधिक सफल कप्तान हुन् । मुम्बईलाई चार पटक च्याम्पियन बनाएका उनको एक सिजनको पारिश्रमिक १५ करोड भारतीय रुपैयाँ छ । भारतीय टोलीका पहिलो रोजाईका ओपनर रोहित शर्माले निरन्तर राम्रो पर्दशन गर्दै आएका छन् । उनको कप्तानी टि२० मा उत्कृष्ट रहँदै आएको छ । आइपिएलमा रोहितले १ सय ८८ खेलमा ४ हजार ८ सय ९८ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् ।

३. महेन्द्र सिंह धोनी (चेन्नई)

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको पारिश्रमिक १५ करोड भारतीय रुपैयाँ छ । चेन्नईलाई ३ पटक च्याम्पियन बनाएका धोनीको प्रर्दशन र कप्तानी दुवै उत्कृष्ट रहँदै आएको छ । उत्कृष्ट फिनिसर धोनीले आफूसँग भएका खलाडीलाई राम्रोसँग सदुपयोग गर्दै च्याम्पियन टोली निमार्ण गर्ने गर्दछन् ।

५. ऋषभ पन्त ( दिल्ली क्यापिटल्स)

भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त दिल्ली क्यापिटल्सका मुख्य हतियार हुन् । विश्फोटक ब्याट्सम्यान विकेटकिपर पन्तले एकै ओभरमा खेललाई मोड्ने क्षमता राख्छन् । पन्तले दिल्लीबाट १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक बुझ्नेछन् ।

६. बेन स्टोक्स (राजस्थान)

Ben Stokes

राजस्थान रोयल्स तथा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स आफ्नो एकल प्रयासमा टोलीको जित सहज बनाउने खेलाडी हुन् । स्टोक्स बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् । स्टोक्सले १२ करोड ५० लाख भारतीय रुपैयाँ पाउछन् ।

७. स्टिभ स्मिथ (राजस्थान)

अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले राजस्थान रोयल्सबाट १२ करोड ५० लाख रुपैयाँ भारतीय पारिश्रमिक लिने गर्दछन् । शीर्षक्रममा ब्याट्सम्यान स्मिथले सन् २०१८ मा भने बल टेम्परिङ काण्डका कारण गुमाउनु परेको थियो ।

८. डेविड वार्नर (हैदरावाद)

अष्ट्रेलियाका ओपनर डेविड वार्नर सनराइजर्स हैदरावादका कप्तान हुन् । आइपिएलमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्ने वार्नर गत सिजनमा ६ सय ९२ रनका साथ शीर्षस्थानमा रहेका थिए । आक्रामक ब्याट्सम्यान वार्नरको एक सिजनको पारिश्रमिक १२ करोड ५० लाख भारतीय रुपैयाँ छ । उनले कप्तानीमा सन् २०१६ मा हैदरावाद च्याम्पियन बनेको थियो ।

९. सुनिल नारायण (कोलकाता)

Sunil Narine

वेस्ट इन्डिजका सुनिल नारायण कोलकाता नाइट राइडर्स प्रमुख अलराउन्डर हुन् । उनले ओपनिङ बलिङ र ब्याटिङ गर्ने गर्दछन् । आक्रामक ब्याटिङका लागि परिचित उनले पावर प्लेमा आक्रामक रुपमा रन जोड्ने गर्दछन् । उनको पारिश्रमिक १२ करोड ५० लाख रुपैयाँ छ ।

१०. लोकेश राहुल (पञ्जाव)

किंग्स इलेभेन पञ्जावका ओपनर तथा कप्तान लोकेश राहुल पछिल्लो समय निकै राम्रो लयमा छन् । जुनसुकै ब्याटिङ अडरमा आफ्नो भुमिका जिम्मेवारीका साथ पुरा गर्ने राहुलको पारिश्रमिक ११ करोड रहेको छ । पञ्जावले यसै सिजन देखी राहुललाई कप्तानको जिम्मेवारी दिएको छ ।

११. एबी डी भिलियर्स (बेंगलोर)

दक्षिण अफ्रिका पूर्वकप्तान एबी डी भिलियर्सलाई यस पटक आइपिएल नभएको खण्डमा ठुलो घाटा लाग्ने छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले उनले टोलीमा पुनरागमन गर्न आइपिएलमा उत्कृष्ट प्रर्दशन गर्नुपर्ने बताएको छ । रोयल च्यालेन्जर्स बेंगलोरबाट आइपिएल खेल्ने डी भिलियर्सले ११ करोड भारतीय रुपैयाँ पाउछन् ।

१२. हार्दिक पान्ड्या (मुम्बई)

भारतीय अलराउन्डर हार्दिक पान्ड्या मुम्बई इन्डियन्सका प्रमुख हतियार हुन् । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने पान्ड्याले तीव्र गतिमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । हार्दिकको पारिश्रमिक ११ करोड भारतीय रुपैयाँ छ ।

१३. सुरेश रैना (चेन्नई)

चेन्नई सुपर किंग्सका सफल ब्याट्सम्यान सुरेश रैना आइपिएल इतिहासमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रैनाको पारिश्रमिक रकम ११ करोड भारतीय रुपैयाँ छ । रैनाले १ सय ९३ खेलमा ५ हजार ३ सय ६८ रनका साथ आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् ।

१४. मनिष पान्डे (हैदरावाद)

हैदरावादका मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेको पारिश्रमिक ११ करोड भारतीय रुयैयाँ छ । मध्यक्रमका ब्याट्सम्यान पाण्डेले पछिल्लो समय भारतीय टोलीमा पनि स्थान बलियो बनाएका छन् । उनी उत्कृष्ट फिल्डीङका लागि पनि परिचित छन् ।

१५. ग्लेन म्याक्सवेल (पञ्जाव)

अष्ट्रेलियाका विश्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई गत पुसमा भएको अक्सनमा किंग्स इलेभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । म्याक्सवेलले गत वर्ष अन्तारिक कारण आइपिलबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.