default_image

6 years ago

March 29, 2020

पारसको विश्व कीर्तिमान तोड्न प्रयासरत ४ खेलाडी

206 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलि रहन्छ । केहि छोटो समयमै तोडिन्छन् भने कुनै लामो समय लाग्छ । कीर्तिमान बनाउन टेष्ट टोलीको स्टार खेलाडीनै हुनुपर्छ भन्ने हुँदैन । क्षमता हुने जो कोही देशको खेलाडीले बनाउन सक्छन् ।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक बित्दा एक दर्जन भन्दा बढी विश्व कीर्तिमान कायम गरेको छ । २ बलमै जित देखी ओडीआईमा सबैभन्दा कम बलमा विपक्षीलाई अल आउट गर्ने जस्ता प्रर्दशन नेपालका विश्व कीर्तिमान हुन् । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले टि२० आई क्रिकेटमा विश्व चर्चित विराट कोहली, महेन्द्र सिंह धोनी देखी क्रिस गेल सम्मका खेलाडीले बनाउन नसकेको कीर्तिमान बनाएका छन् ।

गत सेप्टेम्बरमा सिंगापुरविरुद्ध पारसले टि२० आईमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गरेका थिए । पारस टि२० मा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो र सर्वाधिक रन बनाउने कप्तान पर्दछन् । १ सय ५२ रनको विजयी लक्ष्य पछ्याउँने क्रममा पारसले ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहेका थिए । अव टि२० मा लक्ष्य पछ्याउँदा कुनै कप्तानले पारसको कीर्तिमान तोड्न १ सय ६ रन भन्दा बढी बनाउनुपर्छ । जुन कीर्तिमान वर्तमान क्रिकेटमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सहित यी चार स्टार खेलाडीले तोड्न सक्छन् ।

४. केन विलियम्सन (न्युजिल्यान्ड)

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले तीनै शैलीमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । क्रिकेटमा असली जेन्टलम्यान विलियम्सनले गत जनवरीमा भारतविरुद्ध ब्याटिङ गर्दा एक समय पारसको कीर्तिमान संकटमा परेको थियो । भारतसँगको तेस्रो टि२० खेलमा १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा विलियम्सन ९५ रनमा क्याच हुन पुगे ।

अन्तिम ओभरको तेस्रो बलमा विलियम्सन ४८ बलमा ८ चौका र ६ छक्का सहित ९५ रनमा क्याच आउट भएका थिए । विलियम्सनले टि२० आईमा ५८ इनिङमा १६ सय ६५ रन बनाएका छन् । विलियम्सनको खेल्ने शैली र लयलाई देख्दा लक्ष्य पछ्याउँने क्रममा १ सय ६ रन भन्दा बढी रन बनाउन सक्छन् ।

३. विराट कोहली (भारत)

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली आधुनिक क्रिकेटमा रनको हिसाबमा सर्वाधिक सफल ब्याट्सम्यान मानिन्छन् । किङ कोहली र रन मेसिनको उप नाम पाएका उनले तीनै शैलीमा लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । कोहलीको लय र खेल्ने शैली देख्दा टि२० मा पारसको उक्त कीर्तिमान तोडिन सक्ने देखिन्छ ।

कोहलीले ७६ टि२० इनिङमा २४ अर्ध शतक सहित कुल २ हजार ७ सय ९४ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ९४ रन अविजित छ । गत डिसेम्बरमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा कोहली ५० बलमा ६ चौका र ६ छक्का सहित ९४ रनमा अविजित रहँदै जिताएका थिए । आगमी दिनमा कोहलीले पारसको कीर्तिमान तोड्न सक्छन् ।

२. ओइन मोर्गन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका बायाँहाते विश्फोटक कप्तान ओइन मोर्गन ठुला सटका लागि परिचित छन् । मोर्गन एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता भएका ब्याट्सम्यान हुन् । टि२० मा इयोनले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले ८७ टि२० आइ इनिङमा २१ सय ३७ रन जोडेका छन् । जसमा ९१ रन उत्कृष्ट प्रर्दशन छ ।

मोर्गन स्पिनरमाथि निकै हाबी हुन्छन् । एक दिवसिय विश्वकपमा अफगानिस्तानविरुद्ध ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रन बनाएका थिए । उनको ब्याटिङ शैलीलाई देख्दा पारसको कीर्तिमान तोड्न सक्ने क्षमता देखिन्छ ।

१. आरोन फिन्च (अष्ट्रेलिया)

अष्ट्रेलियाका सिमित ओभरका कप्तान तथा ओपनर आरोन फिन्च टि२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । विष्फोटक ओपनरको परिचय बनाएका फिन्च लयमा आएको खण्डमा मैदानमा चौका र छक्काको वर्षा बनाउने गर्दछन् । फिन्चले ६१ टि२० खेलमा २ शतक र १२ अर्ध शतक सहित १९ सय ८९ रन बनाएका छन् । उनले २०१८ मा जिम्बावेविरुद्ध ७६ बलमा १० छक्का र १६ चौका सहित १ सय ७२ रन बनाउँदै टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

त्यसअघि फिन्चले सन् २०१३ इंग्ल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए । उक्त खेलमा फिन्चले ५६ बलमा ११ चौका र १४ छक्का सहित १ सय ५६ रनको इनिङ खेलेका थिए । फिन्चले दुवै पटक पहिलो इनिङमा शतक प्रहार गरेका हुन् । इंग्ल्यान्डविरुद्ध शतक प्रहार गर्दा फिन्च कप्तान थिएनन् । फिन्चले अब लक्ष्य पछ्याउने क्रममा पनि त्यस्तै शतकीय इनिङ खेल्दै पारसको कीर्तिमान आफ्नो नाममा लेखाउन सक्छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.