default_image

6 years ago

March 31, 2020

सर्वाधिक छक्का प्रहार गर्ने १० खेलाडी

171 views

0 Bookmark

एजेन्सी – हरेक समर्थकलाई आफ्नो टोलीको ब्याट्सम्यानले छक्का र चौका प्रहार गरोस भन्ने हुन्छ । चौका-छक्का प्रहार, विकेट लिएपछि सेलेब्रेसन र जितनै क्रिकेटमा समर्थक पाइने मनोरञ्जन, हर्ष र खुसीका आधार हुन् ।

क्रिकेटनै चौका छक्काको खेल हो । छक्का प्रहार गर्दा दबाब हट्नुको साथै विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । टि२० मा चौका र छक्का विना खेल रोमाञ्चक हुँदैन । जति धेरै चौका र छक्काको वर्षा हुन्छ खेल त्यतिनै रोमाञ्चक बन्छ ।

छक्काले खेलको माहोलनै एकै ओभरमा परिवर्तन गर्छ । टि२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने विश्फोटक ब्याट्सम्यानको सुचिमा शीर्ष १० मध्य अष्टेलियाका ४ छन् । टि२० सर्वाधिक छक्का प्रहार गर्ने विश्वका १० विश्फोटक ब्याट्सम्यान यस प्रकार छन् ।

१०. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

अष्ट्रेलियाका विश्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल चलेको खण्डमा उनलाई रोक्न विश्वका सबै बलरलाई कठिन पर्दछ । मैदानमा छक्काको वर्षा गराउने गर्दछन् । ५४ टि२० आई इनिङमा म्याक्सवेलले १५ सय ७६ रन जोडेका छन् । जसमा ८१ छक्का सामेल छ ।

९. शेन वाटसन (अष्ट्रेलिया)

अष्ट्रेलियाका पुर्व ओपनर शेन वाटसनले ५६ टि२० आई इनिङमा कुल ८३ छक्का प्रहार गरेका छन् । २०१६ मा सन्न्यास लिनु अघि वाटसनले ५६ टि२० आई इनिङमा १ शतक र १० अर्ध शतक सहित कुल १४ सय ६२ रन बनाएका थिए ।

८. डेविड वार्नर (अष्ट्रेलिया)

अष्ट्रेलियाका अर्का ओपनर डेविड वार्नर पनि छक्का प्रहार गर्न सिपालु छन् । वार्नरले ७९ इनिङमा ८९ छक्का प्रहार गरेका छन् । उनले १ शतक र १७ अर्ध शतक सहित कुल २२ सय ७ रन जोडेका छन् ।

७. ब्रेन्डन म्याकुलम (न्युजिल्यान्ड)

न्युजिल्यान्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले सन् २०१५ मा सन्न्यास लिएका थिए । म्याकुलमले ७० इनिङमा २ शतक र १३ अर्ध शतक सहित कुल २१ सय ४० रन जोडेका छन् । जसमा ९१ छक्का हिर्काएका छन् ।

६. आरोन फिन्च (अष्ट्रेलिया)

अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ६१ इनिङमा ९२ छक्का प्रहार गरेका छन् । फिन्चले २ शतक र १२ अर्ध शतक सहित फिन्चले १९ सय ८९ रन बनाएका छन् । फिन्चले सन् २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन जोड्दै टि२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका थिए ।

५. ओइन मोर्गन (इंग्ल्यान्ड)

इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान तथा कप्तान ओइन मोर्गन पनि विश्फोटक ब्याट्सम्यान हुन् । स्पिनरमाथि हाबी हुने मोर्गनले ८७ टि२० आई इनिङमा १ सय ५ छक्का प्रहार गरेका छन् । मोर्गनले १३ अर्ध शतक सहित कुल २१ सय ३८ रन बनाएका छन् ।

४. क्रिस गेल (वेस्ट इन्डिज)

टि२० क्रिकेटलाई आक्रामक बनाउने खेलाडीनै वेस्ट इन्डिजका ओपनर क्रिस गेल हुन् । पछिल्लो समय ढल्किदो उमेरको कारण उनको ब्याटबाट छक्का कम निस्किन थालेको छ । तर गेलले लामो समय सम्म टि२० मा छक्काको वर्षानै गराए । सिधा सिधा सजिलै छक्का प्रहार गर्ने गेलले ५४ टि२० आई इनिङमा कुल १ सय ५ छक्का हिर्काएका छन् ।

गेलले २ शतक र १३ अर्ध शतक सहित १६ सय २७ रन जोडेका छन् । कुनै समय गेललाई रोक्न विश्वका सबै बलरलाई कठिन पर्ने गर्दथ्यो । विश्वका सबै फ्रेन्चाइज लिगमा गेल हाबी हुँदै आएका छन् ।

३. कोलिन मुनरो (न्युजिल्यान्ड)

New Zealand v Bangladesh - 2nd T20

न्युजिल्यान्डका ओपनर कोलिन मुनरो विश्फोटक सुरुवात दिलाउने गर्दछन् । टि२० विशेष ब्याट्सम्यान मुनरोले ६२ इनिङमा ३ शतक र ११ अर्ध शतक सहित कुल १७ सय २४ रन बनाएका छन् । मुनरोले १ सय ७ छक्का प्रहार गरेका छन् ।

२. मार्टिन गुप्टिल (न्युजिल्यान्ड)

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल टि२० आईमा सर्वाधिक छक्का प्रहार दोस्रो खेलाडी पर्दछन् । विश्फोटक ब्याटिङका लागि परिचित गुप्टिलले ८५ टि२० आई इनिङमा कुल १ सय १९ छक्का प्रहार गरेका छन् । जसमा २ शतक र १५ अर्ध शतक सहित २५ सय ३६ रन बनाएका छन् ।

१. रोहित शर्मा (भारत)

भारतीय ओपनर रोहित शर्मा टि२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन् । मैदानको जुनसुकै भागमा सजिलै छक्का प्रहार गर्ने रोहितले १ सय इनिङमा १ सय २७ छक्का प्रहार गर्दै शीर्ष स्थानमा रहेका छन् । रोहितले ४ शतक र २१ अर्ध शतक सहित कुल २७ सय ७३ रन जोडेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.