6 years ago
April 2, 2020
एजेन्सी – स्टिभ स्मिथले पुनः अष्ट्रेलियन क्रिकेट टोलीलाई नेतृत्व गरेमा आफुले त्यसमा पूर्ण रुपमा समर्थन गर्ने टेष्ट टोलीका कप्तान टिम पेइनले बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा बल टेम्परिङको अभियोगमा पूर्व कप्तान स्थिममाथि सन् २०१८ को मार्चमा प्रतिबन्ध लगाएपछि ३५ वर्षे पेइनेले नेतृत्व लिएका थिए ।

३० वर्षे स्थिम पछिल्लो पटक इग्ल्यान्डविरुद्धको एसेज सिरिजमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका थिए । राष्ट्रिय टोलीलाई नेतृत्व गर्न नपाउने स्थिममाथिको प्रतिबन्ध पनि हालै टुंगिएको छ । त्यसपछि स्थिमलाई पुनः कप्तान बनाउने विषयमा चर्चा सुरु भएको छ ।
‘आइपिएलमा उनी राजस्थान रोयल्सका र द हन्ड्रेडमा वेल्स फायरका कप्तान हुन् । उनी यसमा रमाइरहेका हुन्छन्,’ पेइनले भने, ‘यदि स्थिम पुन टोलीको नेतृत्व गर्त चाहन्छन् भने मेरो पूरा साथ रहनेछ । ‘ पेइनको कप्तानमा अष्ट्रेलियाले १० टेष्ट जितेको छ भने ६ वटामा हार र एउटामा बराबरी गरेको छ । जसमध्ये पछिल्ला दुई सिजनमा टोलीले पाकिस्तालाई २–० र न्यूजिल्यान्डलाई ३–० ले हराएको थियो ।
२०१४ देखि २०१८ सम्म स्मिथको कप्तानीमा अष्ट्रेलियाले ३६ टेष्ट खेलेको थियो । जसमा कीर्तिमानी १८ मा जित, १० मा हार र ६ मा बराबरी गरेको थियो । स्थिमले पुनरागमनपछि उच्च प्रदर्शन गरिरहेका छन् । उनले एसेज सिरिजमा ११०.५६ को औसतमा ७ सय ७४ रन बनाएका थिए । उनी प्लेयर अफ दी सिरिज समेत चुनिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]