6 years ago
April 1, 2020
एजेन्सी – विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण अन्तर्राष्ट्रिय जगतमा खेलकुदका सम्पूर्ण गतिविधी ठप्प छन् । अब खेलकुदका गतिविधी कहिले देखी सुरचारु हुन्छ भन्न सकिने अवस्था छैन ।

वैशाखमा हुने भनिएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) कोरोनाकै कारण अनिश्चित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले हालसम्म कुनै आधिकारीक सुचना सार्वजनिक गरेको छैन । बिसिसिआईका एक सदस्यले ‘टाइम्स अफ इन्डिया’लाई आइपिएल आगमी अक्टोबर-नोभेम्बरमा हुन सक्ने बताएका छन् ।
अष्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म टि२० विश्वकप हुँदैछ । उक्त विश्वकप स्थगित भएको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुन सक्ने बिसिसिआईका एक सदस्यले बताएको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ । ‘यो समय सिमा भन्ने अवस्था छैन । अहिले अष्ट्रेलियाले पनि ६ महिनाको लागि बन्द गरेको छ । जसले आइपिएल आयोजनाको लागि अक्टोबर नोभेम्बर सुरक्षित समय देखिन्छ । तर उक्त समयमा टि२० विश्वकप छ । अहिलेको अवस्था देखेर आइसिसिले विश्वकप स्थगित गरेमा उक्त समयमा आइपिएल गर्ने बारे सोच्न सकिन्छ’, बिसिसिआई स्रोतले भनेका छन् ।
सन् २०२१ मा भारतमा टि२० विश्वकपसँगै कार्यतालिका निकै व्यस्त हुँदा विश्वकप यो वर्ष स्थगित हुँदा २०२२ मा गर्नुपर्ने हुन्छ । त्यसैले पनि विश्वकप स्थगितको सम्भावना कम छ । विश्वकपको विषयमा आइसिसीले कुनै सुचना सार्वजनिक गरेको छैन । १३ औं संस्करण आइपिएल सुरुवातमा चैत्र १६ देखि सुरु हुने कार्यतालिका थियो । तर कोरोना भाइरसको कारण बिसिसिआईले उक्त मिती सार्दै वैशाख ३ देखी हुने बताएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि वैशाख २ सम्मका लागि लकडाउन लगाइएको छ । उक्त लकडाउनको समय अझै बढ्न सक्ने सम्भावना छ । मनसुनको कारण भदौसम्म प्रतियोगिता गर्न मिल्दैन । त्यसपछि विश्वकप रहेको हुँदा यो वर्ष आइपिएल हुने सम्भावना न्युन छ ।
यता बिसिसिआईले आइपिएलको समय घटाउँदै गर्न सक्ने चर्चा पनि छ । सम्भवत एक राउन्ड मात्र लिग गर्ने विकल्प अगाडी आएको छ । तर अहिलेको अवस्थामा त्यो सम्भावना पनि देखिदैन । बुधबार सम्म भारतमा कोरोना भाइरसबाट ३८ जनाको मृत्यु भई सकेको छ भने १६ सय ३७ जनामा कोरोना संक्रमित छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]