6 years ago
April 4, 2020
भूपेन्द्र जिसी, काठमाडौं
पछिल्लो समय नेपाली क्रिकेटको स्तर खस्किदै गएको छ । सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टि२० विश्वकप पहिलो पटक खेल्दा नेपाल एसोसिएट राष्ट्रकै अब्बल बन्ने धेरैले अनुमान थियो ।

विश्वकपसँगै नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीको आन्तरिक विवाद बाहिरियो । क्यानमा रहेको चरम राजनितीक विवादको कारण २०७३ वैशाखमा आइसिसीले प्रतिबन्ध लगायो । प्रतिबन्धको बाबजुद पनि टोलीले आइसिसीको निगरानीमा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै २०१८ मा ऐतिहासिक ओडीआई मान्यता हात पार्न सफल भयो । कमजोर ब्याटिङ, सिमित खेलाडीमा निर्भर, योजना बनाउन नसक्नु, निरन्तर अस्थिर भुमिका, टोली एकतामा कमी, क्यान प्रतिबन्धमा रहनु लगात कुराले नेपालले धेरै अवसर गुमायो ।
एकपछि अर्को अवसर गुमाएपनि सानो सानो सफलताले नेपाली क्रिकेटलाई आलोचना र अन्धकारतर्फ जानबाट बचाई रह्यो । एक अवसर गुमेपछि त्यसको समिक्षा सहित कमिकमजोरी सुधार गर्दै आगमी प्रतियोगिता सिरिजको योजना बनाउन नसक्नु, हारबाट पाठ नसिक्नु, खेलाडी जिम्मेवार नबन्नु, खराब नतिजा आउँदा एकले अर्कालाई दोष दिदै उम्किन खोज्नुनै नेपाली क्रिकेट ओरालो लाग्नुको मुख्य कारण हो । आगमी योजना कुनै नदेखिदा नेपाली क्रिकेट अझैं ओरालो लाग्न सक्छ । समयमै गम्भीर भएर सोच्न आवश्यक छ ।
नेपालले पछिल्लो पाँच वर्षमा गुमाएका ५ ठुला अवसरहरु यस प्रकार छन् :
१. टि२० विश्वकप २०१६ (भारत)

सन् २०१४ को टि२० विश्वकप प्रर्दशनले २०१६ मा भारतमा हुने टि२० विश्वकप नेपालले सहजै खेल्ने धेरैको अनुमान थियो । विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग पराजित हुँदै नेट रन रेटको कारण समुह चरणबाट बाहिरिएको थियो । छिमेकी मुलुकमा हुने विश्वकपको कारण समर्थक र सुभ चिन्तकमा उत्साह र खुसि भिन्न थियो ।
अर्कोतर्फ विनाशकारी महाभुकम्पबाट तहसनहस भएको नेपाललाई क्रिकेटले विश्वकपमा स्थान बनाउँदै केहि खुसि प्रदान गर्दै भुकम्पको पिडा केहि मलम लगाउने अनुमान थियो । २०१५ जुलाईमा आयरल्यान्ड र स्कटल्यान्डमा भएको आइसीसी टि२० विश्वकप ग्लोबल छनोटमा नेपालको नतिजा ठ्याक्कै उल्टो आयो ।
समुह ए मा रहेको नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । नामेवियासँग वर्षाको कारण अंक बाडेको नेपाल आयरल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो । उक्त खेलमा नेपाल ५३ रनमा अल आउट भएको थियो । हङकङसँग ५ विकेटले पराजित भएसँगै विश्वकप यात्रा कठिन बनेको थियो । पप्पुवा न्युगिनीसँग ८ विकेटले पराजित भएसँगै नेपालको विश्वकप यात्रा सकिएको थियो । अन्तिम खेलमा कमजोर जर्सीसँग ७ विकेटले पराजित हुँदै नेपाल घर फर्कियो ।
२. डिभिजन २ को उपाधि (२०१८)

ग्लोबल विश्वकप छनोटबाट बाहिरिएपछि नेपालले २०१७ सम्म आईसीसी च्याम्पियनसिप लिग २०१५–१७ मा प्रतिस्पर्धा गर्यो । ८ टोली सहभागि उक्त लिगमा शीर्ष चार टोलीले २०१८ मा जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा स्थान बनाउँदा अन्य पुछारका चार टोली डिभिजन २ मा घटुवा भए । नेपाल सातौं स्थानमा रहेर घटुवा भएको थियो । डिभिजन टु को शीर्ष दुई टोलीले जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा स्थान बनाउने मौका थियो ।
फेव्रुअरीमा नामिबियामा भएको डिभिजन २ मा नेपाल उपाधिको दाबेदार टोली थियो । नेपालले पहिलो खेलमा घरेलु टोली नामिबियालाई १ विकेटले पराजित गर्यो । १ सय ३९ रनको सामान्य लक्ष्य पुरा गर्न नेपालले संघर्ष गर्दै अन्तिम ओभरको दोस्रो बलमा पुरा गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भयो । नेपालले युएईलाई ४ विकेटले हराउँदै अघिल्लो चरणको आशा कायमै राख्यो । नेपाललाई अन्तिम खेलमा शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने समिकरण बन्यो ।
क्यानडाले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेटको क्षतिमा पुरा गर्दै ग्लोबल छनोटमा पुग्यो । एक समय १४४–९ को अवस्थामा पुगेको नेपाललाई तीब्र गतिका बलर करण केसीले अविश्वसनिय ४२ रन जोड्दै ग्लोबल छनोटमा पुर्याएका थिए । उपाधिका लागि भएको प्रतिस्पर्धामा युएईले प्रस्तुत गरेको २ सय ७८ रनको विजयी पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७० रन मात्र बनाउन सक्यो ।
नेपाललाई अन्तिम ३० बल जितको लागि ५० रन आवश्यक हुँदा साथमा ५ विकेट थियो । अर्कोतर्फ पारस खड्का ८४ रनमा क्रिजमा खेलि रहँदा जितको सम्भावना बलियो थियो । राम्रो अन्त्य गर्न सके जित कठिन थिएन । तर अन्य १२ बलमा १६ रन जोडन ३ महत्वपूर्ण विकेट गुमाएपछि उपाधि यात्रा कठिन बनेको थियो । पारसले अन्तिम ओभरमा २० रन बटुलेपनि जितको लागि प्राप्त बनेन । जुन खेल जित्न सकेको भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सबैभन्दा ठुलो उपाधि हुने थियो ।
३. एसिया कप २०१८

नेपाल जिम्बावेमा भएको ग्लोबल छनोटमा अर्को वर्ष इंग्ल्यान्डमा हुने एक दिवसिय विश्वकपमा स्थान बनाउन नसकेपनि ऐतिहासिक ओडीआई मान्यता प्राप्त गर्दै घर फर्किएको थियो । अगष्ट पहिलो साता ओडीआईमा नेदरल्यान्डसँग डेब्यु दुई सिरिज अन्तर्गत दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकाल्दै उच्च मनोबलको साथ घर फर्किएको नेपालको सम्भावना बलियो थियो । मलेसियामा अगष्ट अन्तिममा सुरु भएको एसिया कप छनोटमा नेपालको प्रर्दशन खराब रह्यो ।
नेपाल ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले पराजित भएपछि युएईमा हुने एक दिवसिय एसिया कपको सम्भावना अंक गणितीय मात्र बाँकी रह्यो । मलेसियालाई १९ रन र सिंगापुरलाई ४ विकेटले पराजित गर्यो । तर अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित भएपछि बाहिरिएको थियो । जसको कारण नेपालले भारत लगातका एसियाका टेष्ट टोलीसँग खेल्ने अवसर गुमाउन पुगेको थियो ।
४. टि२० विश्वकप अष्ट्रेलिया (२०२०)

नेपालले २०१९ मा जुलाईमा सिंगापुरमा भएको आइसिसी एसिया विश्वकप टि२० छनोटमा खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा नपुगी टि२० विश्वकप यात्राबाट बाहिरिएको थियो । नेपाल वरियता देखी सबै कुरामा अन्य प्रतिस्पर्धी भन्दा प्रतियोगिता अघि अब्बल थियो । आइसिसीको टि२० ११ औं वरियतामा रहेको नेपाललाई उपाधिको दाबेदार टोलीको रुपमा समेत हेरिएको थियो ।
तर नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटको अप्रत्याशित हार बहोर्यो । मलेसियालाई ७ विकेटले हराउँदै आशा कायमै राख्यो । कुवेतलाई ७ विकेटले हराउँदा अन्तिम खेलमा सिंगापुरलाई हराउनै पर्ने समिकरण बनेको थियो । तर नेपाल सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित हुँदै यसै वर्ष अक्टोबर नोभेम्बरमा अष्टे«लियामा हुने टि२० विश्वकप खेल्ने सपना अधुरै बन्यो ।
५. एसिया टि२० कप २०२०

विश्वकप खेल्न नपाएपनि पनि नेपाललाई भारतसँगै अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तान जस्ता टेष्ट राष्ट्रसँग खेल्ने सुनौलो अवसर थियो । जसको लागि नेपालले इस्टर्न रिजन हुँदै एसिया कप छनोटमा शीर्ष स्थानमा रहनु पथ्र्यो । तर अघिल्लो महिना थाईल्यान्डमा भएको इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले खराब प्रर्दशन गर्दै सेप्टेम्बरमा पाकिस्तानमा हुने टि२० एसिया कप खेल्ने अवसर गुमायो ।
नेपाल सुरुवाती दुई खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएपछि एसिया कपको सम्भावना सकिएको थियो । कमजोर थाईल्यान्डलाई ९ विकेटले हराएको नेपालले वर्षाको कारण सिंगापुरसँग अंक बाड्दै घर फर्कियो । यस्तै लगातार हारको कारण नेपालको स्तर खस्किनुको साथै समर्थक र सुभ चिन्तकमा निराशा बढ्दै गएको छ । नेपाली क्रिकेटको लोकप्रियता निरन्तर घट्दै गएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]