default_image

6 years ago

April 9, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा भारतका राजपुत आउने सम्भावना

177 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय प्रशिक्षक लालचन्द राजपुतलाई राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त गर्ने तयारी गरिरहेको बुझिएको छ । हाल विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण सम्पुर्ण खेलकुद गतिविधी ठप्प छन् । जसको मारबाट नेपाली खेलकुद पनि अछुतो छैन । कोरोना भाइरसको कारण नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।

भारतीय प्रशिक्षक उमेश पटवालले गत माघमा आईसिसी विश्वकप लिग२ अन्तर्गत अमेरिका र ओमानसँग घरेलु मैदानमा भएको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै पदबाट राजिनामा दिएका थिए । पटवालले राजिनामा दिएसँगै राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी क्यानले विदेशी प्रशिक्षक नआउँदा सम्म जगत टमाटालाई दिएको थियो । टमाटाकै प्रशिक्षकमा नेपालले अघिल्लो महिना थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो ।

क्यानले इस्टर्न रिजनको खराब नजिताको गम्भीर समिक्षासँगै विदेशी प्रशिक्षक सार्वजनिक गर्ने तयारीमा थियो । तर कोरोनाले प्रभावित बन्न पुग्यो । क्यान उच्च स्रोतका अनुसार प्रशिक्षकमा भारतीय पूर्व ब्याट्सम्यान लालचन्द राजपुतको बलियो सम्भावना छ । क्यानले लालचन्दसँगै भारतीय अर्का प्रशिक्षक मिथुन मन्हाससँग कुराकानी गरेको थियो । तर कोरोना भाइरसको कारण त्यसले पुर्णता पाउन सकेन ।

‘राजपुत नेपाली क्रिकेटका लागि ठुलो नाम हुन् । राजपुतमा नेपाली क्रिकेट सम्हाल्न सक्ने क्षमता छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग राम्रो सम्बन्ध रहेको हुँदा राजपुत अन्य प्रशिक्षक भन्दा अघि छन्,’ स्रोतले हाम्रो खेलकुदलाई भन्यो ।

अर्कोतर्फ नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक पुबुदु दसानायकेको पनि चर्चा रहँदै आएको थियो । अझ उनि एभरेष्ट प्रिमियर लिग (इपिएल) को भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका थिए । ट्यालेन्ट हन्टको लागि पुबुदु फागुन १८ मा नेपाल आएसँगै उनको चर्चा समर्थकमा झनै बढेको थियो । तर पुबुदु र क्यानबीच कुनै कुरा नभएको बुझिएको छ । पुबुदुले यसअघि जिम्मेवारी निभाइसकेका कारण क्यान उनलाई पुन जिम्मेवारी दिन ठिक मान्दैन । क्यान पुबुदु भन्दा उपल्लो स्तरको प्रशिक्षक भित्र्याउने तयारीमा छ ।

‘राजपुत आउने पक्का भइसकेको छैन । राजपुतले यसअघि अन्य देशको टोली सम्हालिसकेका छन् र उनी नेपाली क्रिकेटको लागि ठूला नाम हुन् । अहिले उनी जिम्बावेमा छन् । उनीसँग व्यक्तिगत रुपमा प्रत्यक्ष रुपमा कुराकानी भइरहेको छ । पारिश्रमिकको कुरा मिलेको खण्डमा राजपुत आउने छन्,’ स्रोतले भन्यो । राजपुतले कति पारिश्रमिक भन्ने हुन् र क्यानले कति दिन सक्ने भन्ने कुनै छलफल भएको छैन । राजपुतले नेपाल आउने इच्छा पनि देखाएका छन् ।

क्यान उच्च स्रोतका अनुसार आइसिसि विश्वकप लिग २ अन्तर्गत वैशाखमा नामिबियामा हुने भनिएको त्रिकोणात्मक सिरिज कोरोना भाइरसको कारण स्थगित नभएको भए अभ्यासको रुपमा नेपालले जिम्बावेको ए टोलीसँग ३ वा ४ एक दिवसिय खेल खेल्ने तयारी थियो । जुन व्यवस्था राजपुतलेनै मिलाइदिएका थिए । नेपाली क्रिकेट टोलीको स्तरवृद्धीसँगै बिसिसिआईसँग सहकार्य गर्न सहज हुने हुँदा क्यान राजपुत ल्याउन चाहान्छ । बिसिसिआई र राजपुतबीच राम्रो सम्बन्ध रहेको बताइन्छ । क्यान आफ्नो आलोचकलाई कामबाटै जवाफ दिन चाहान्छ । क्यान बिसिसिआईसँग सहकार्य गर्दै छिमेकी मुलुकको राम्रो फाइदा उठाउने सोचमा छ ।

५८ वर्षिय राजपुतले भारतबाट २ टेष्ट, ४ ओडीआई, १ सय १० प्रथम श्रेणी र ६१ लिष्ट ए खेलेका छन् । राजपुतले सन् १९८५ अगष्ट ३० मा कोलोम्बोमा श्रीलंका विरुद्ध टेष्ट टोलीमा डेब्यु गरेका थिए । तर श्रीलंकासँग सेप्टेम्बर पहिलो हप्ता भएको दोस्रो खेलनै उनको करिअरको अन्तिम टेष्ट बन्यो । सन् १९८५ जनवरी २३ मा नागपुरमा इंग्ल्यान्डविरुद्ध एक दिवसियमा डेब्यु गरेका थिए । १९८७ मा पाकिस्तानविरुद्ध अन्तिम ओडीआई खेल खेलेका थिए । राजपुतले प्रशिक्षकको रुपमा भारत ए सँगै, अफगानिस्तान, जिम्बावे, मुम्बई इन्डियन्स लगायतका विभिन्न टोली सम्हालेका छन् । मुम्बईमा जन्मिएका राजपुत राजस्थानका बासिन्दा हुन् ।

सन् २००७ मा भारतीय यु१९ टोली इंग्ल्यान्ड भ्रमण गर्दा राजपुत प्रशिक्षक थिए । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको टि२० विश्वकप भारतले जित्दा राजपुत भारतीय टोलीको म्यानेजर थिए । राजपुत सन् २००८ मा आइपिएलमा मुम्बई इन्डियन्सको प्रशिक्षक थिए । सन् २०१६ मा राजपुतले अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

राजपुत प्रशिक्षक रहँदा अफगानिस्तानले पहिलो पटक टेष्ट मान्यता प्राप्त गरेको थियो । अफगानिस्तानमा अगष्टमा उनको सम्झौंता सकिन पुग्यो । २०१८ मे मा उनी जिम्बावेका प्रमुख प्रशिक्षक बनेका थिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.